देवचुली,
देवचुली नगरपालिका वडा नं १७ फारममा रहेको ओएसिस ईङ्लिस बोडिङ्ग स्कुलमा बुधबारदेखि वार्षिक खेल गतिविधिहरु सुरु भएको छ । तीन दिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियाेगिता संचालन हुनेछन् । विद्यालयका प्रधानाध्यापक खगिसरा ढकालका अनुसार विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ८ सम्मका विद्यार्थीहरु विभिन्न खेल खेलाइने जानकारी गराउनुभएको छ । उहाँले खेल तीन दिनसम्म संचालन हुने जानकारी गराउँदै विद्यार्थीलाई पढाईमा मात्रै नभई विभिन्न अतिरिक्त क्रियाकलापमा समावेश गराई उनीहरुको प्रतिभा पहिचानका लागि विगतका बर्ष देखि नै यस्ता कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउनुभयो ।
पहिलो दिन स्वट रेस, ब्यालुन फुटाई, चम्चा दौड, म्युजिकल चियर, फुटबल प्रतियोगिता, कबड्डी जस्ता विभिन्न खेल खेलाइएको छ ।
पहिलो दिनको नर्सरीका विद्यार्थीहरु बिच भएको स्विट रेसमा केटातर्फ बादल तामाङ्ग प्रथम, सुशान परियार द्धितिय र रेनिस गौतम तृतीय भएका छन् यसैगरि केटीतर्फ दिपिशा लामिछाने प्रथ्म, साहारा सुनार द्धितीय र जानकी राना तृतीय भएका छन् । नर्सरीका विद्यार्थी बिच भएको ब्यालुन फुटाई प्रतियोगितामा रोनित खरेल प्रथम, बादल तामाङ्ग द्धितीय र सियाना आले तृतीय भएका छन् ।
एल.के.जी तर्फको पहिलो खेल चम्चा दौडमा केटातर्फ विपिन गाहा प्रथम र मैयुस रेग्मी द्धितीय र केटीतर्फ परिदि खरेल प्रथम, प्रियान्सु शाहनी द्धितीय र रिश्ती वि.क तृतीय हुन सफल भएकी छिन् । यस्तै एल.केजी बिच स्विट रेसमा केटातर्फ आदर्श बस्नेत प्रथम, प्रनिक राज पाण्डे द्धितीय, सुशान्त शर्मा तृतीय र केटीतर्फ ओजास्ना कण्डेल र प्रिन्सी अधिकारी प्रथम, तनुजा रुचाल द्धितीय र करुणा पाण्डे तृतीय हुन सफल भएकी छिन् ।
यु के.जी बिच भएको स्पोन एण्ड मार्बल खेलमा केटातर्फ दर्पन घिमिरे प्रथम, हार्दिक खतिवडा द्धितीय र समिर कुमाल तृतीय भएका छन् । यस्तै केटीतर्फ खुशी बस्नेत प्रथम, किन्जल ढकाल द्धितीय, सुहाना सुनार तृतीय भएका छन् ।
स्विट रेस तर्फ समिर कुमाल प्रथम, आदित्य कण्डेल द्धितीय र सन्देश पन्थी तृतीय भएका छन् । केटीतर्फ एन्जल वि.क प्रथम, नेन्सी राना द्धितीय र यसना थापा तृतीय भएका छन् ।
यता स्पोन एण्ड मार्बल तर्फ कक्षा १ बाट अविन थापा, कक्षा २ बाट जयान वि.क, ३ वाट समृद्धि सुवेदी, ४ बाट एन्जल परियार प्रथम भएका छन् । म्युजिकल चियर खेलमा कक्षा १ बाट सविता तामाङ, २ बाट रिदम शाही, ३ बाट समृद्धि सुवेदी, ४ बाट गौरव वि.क प्रथम भएका छन् । यस्तै कक्षा ५, ६, ७ र ८ का छात्रहरु बिच ४ वटा समूहमा फुटबल प्रतियोगिता संचालन गरिएको छ भने कक्षा ५, ६, ७ र ८ का छात्राहरु बिच ४ वटा समूहमा कबड्डी भएको छ । कबड्डीमा ग्रप बि पहिलो भएको छ । जसमा सर्गम गौतम, बिनु वि.क, गुरास आले, सोनु कसमाल र खुशी नेपाली सहभागि थिए । पहिले दिन मार्च पास पि.टि गराई खेलको सुरु गरिएको थियो ।