देवचुली,
देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको रजहर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष जयन्तीकुमारी श्रेष्ठ शर्माको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाले ०८०/०८१ मा २२ लाख २३ हजार ४ सय १९ शुद्ध नाफामा रहेको छ । संस्थाको शेयर पूँजी ५२ लाख १० हजार ५ सय रहेको छ । यस बर्ष सम्म आइपुग्दा संस्थागत पूँजी जगेडा कोषमा ४२ लाख २५ हजार ३ सय ३० रहेको छ ।
२०७८ सालमा स्थापना भएको संस्थामा हाल १ हजार ७ सय ८७ जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख तिवारीले सबैले सहकारीको अपनत्व बोध गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सहकारी संस्थाले आफ्ना शेयर सदस्यप्रति इमान्दार भएर काम गर्नुपर्ने कुरामा जोड दिँदै संस्थाले सदस्यहरुको जीवनस्तर माथि उठाउने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
वार्षिक साधारण सभामा सहकारी संस्थाले १७ जनालाई सम्मान समेत गरेको थियो । जसमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट शेयर खरिदकर्ता र ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष उमादेवि पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सत्यराज अधिकारीले गर्नुभएको थियो ।
८ औँ अधिवेशनबाट गिरीधर सापकोटा चयन हुनुभएको छ । उपाध्यक्षमा मिना भण्डारी, सचिवमा देवकुमारी महत्तो, कोषाध्यक्षमा उमादेवि पौडेल, सदस्यमा मिना दुलाल, लिला खोजवार, फूलमाया महत्तो, हिमकला देवकोटा, नविन कुमारी थनेत, चन्द्रावती घिमिरे, नन्दुमाया सापकोटा चयन भएका छन् ।
यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुनिता जि.सी सहित सदस्यमा विष्ण्नु जि.सी र पार्वती दाहाल सर्वसम्मत चयन भएका छन् ।