देवचुली
महिला कल्याण बहुउद्धेश्यीय सहकारी संस्था देवचुली ११ को २५ औँ वार्षिक साधारण सभा एवम् रजत जयन्तीको समापन समारोह आज शनिबार सम्पन्न भएको छ। देवचुली १३ दलदलेको सहारा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षता सँगै गण्डकी प्रदेश सांसद पदमा जिसीको प्रमुख आतिथ्यता रहेको थियो।
गत पौष १२ गते देखि संस्थाले इकाइ गत वार्षिक साधारण सभा , सामुदायिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरू बिच वक्तृत्वकला प्रतियोगिता , वृहत रक्तदान तथा सरसफाइ लगायतका कार्यक्रमहरू सम्पन्न गरे सँगै आज समापन समारोह सम्पन्न गरेको हो।
समारोहको अवसर पारी संस्थाले वि.सं २०५६ सालमा संस्थामा आवद्ध ८१ जना महिलाहरूको साथमा पूर्व अध्यक्षहरू , कर्मचारी , असल ऋणकर्ता लगायतका व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कार्यक्रममा संस्थाका अध्यक्ष विश्वकर्माले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै हाल सम्म सन्था ४८ लाख १८ हजार ९ सय ६२ रुपैयाँ संस्था नाफामा रहेको र संस्थामा रहेका महिला शेयर सदस्यहरूलाई बेलाबेलामा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिमहरू पनि सञ्चालन गर्दै आइरहेको बताएकी थिइन्।
अध्यक्षले प्रतिवेदनको क्रममा हालसम्मको गतिविधि आगामी २०८०र०८१ को अनुमानित बजेट र भावी कार्ययोजनाहरू सुनाएकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले महिलाहरू कोही भन्दा कम नभएको र महिलाहरूले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण यस संस्थाले प्रस्तुत गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सहकारीको मुख्य उद्देश्यलाई लक्ष्य गरि संस्थालाई अगाडि बढाउन आग्रह गरेको थिइन्।
आजको दिन सम्म आउँदा चौबीस सय भन्दा बढि शेयर सदस्य रहेको संस्थाको समापन समारोहमा नगर प्रमुख हरि प्रसाद न्यौपाने , देवचुली नगरपालिका भित्रका सबै वडाका वडा अध्यक्षहरू , प्रमुख राजनीतिक दलका प्रमुखहरू , जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैसी, स्थानीय संघ संस्थाका पदाधिकारी सँगै शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
रजत जयन्तीको अवसरमा संस्थाले गत पौष १२ गते देखि २१ गते सम्म विविध कार्यक्रमहरू गरि मनाएको थियो। संस्थाका कोषाध्यक्ष गंगा गौडेल भट्टराईको स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजीकरण सचिव फुलमाया विश्वकर्माले गरेको थिइन्।