देवचुली
देवचुली बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा आज शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्मा गौतमको अध्यक्षता सँगै देवचुली नगरपालिकाका संस्थापक मेयर पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शर्माले संस्थाको बिगत , वर्तमान र भविष्यको बारेमा जानकारी गराउँदै संस्था सञ्चालनका लागी क्रियाशील आन्तरिक गतिविधिहरूको बारेमा जानकारी गराएका थिए।
उनले शेयर नीति २०७९ , बचत नीति २०७९ , ऋण नीति २०७९ , आर्थिक नीति २०७९ , संगठन तथा सामान्य नीति २०७९ , सहकारी पसल सञ्चालन निर्देशिका २०७९ र कृषि उपज बजार सञ्चालन कार्यविधि २०८० को बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा आगामी आर्थिक वर्ष २०८० / ८१ को प्रस्तावित कार्यक्रमहरूको बारेमा जानकारी गराउँदै अनुमानित आय व्यय समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै स्थानीय स्तरमा यस सहकारीले पुर्याएको योगदानको चर्चा गरेका थिए।
सञ्चालक समिति सदस्य मैनादेवी रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले देवचुली सहकारीले छोटो समयमा पनि आफूलाई स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए। संस्थाका सचिव नारायण प्रसाद पौडेलले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा स्थानीय बिभिन्न संघ संस्थाका पदाधिकारी , शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।