देवचुली,
समाजमा भएका युवायुवतीहरु विकृती तर्फ लागेकालाई सुधारर्नको लागि सुधार केन्द्रमा समेत काम गरेका सागर पाठक अहिले कृषि पेशामा रमाउदैँ भैसी पालनमा व्यस्त देखिन्छन् । विगतमा राजधानी काठमाडौँको नव उपकार नेपाल सुधार केन्द्रमा कार्यरत, संरक्षण नेपाल सुधार केन्द्रको संचालक हुदैँ लामो समय सम्म काम गरेका पाठक पशुपालनबाट जिविको पार्जनको लागि अग्रसर भएका हुन् ।

देवचुली ५ कदमपुरका सागर पाठकले सागर पशु फार्म संचालन गर्दै आईरहेका छन् । लामो समय विकृती मार्गमा हिडेका युवायुवतीलाई सही मार्गमा ल्याउन प्रशिक्षकको रुपले हिड्ँयो एउटा धर्म मात्र भयो, तर आम्दानी खान नपाए पछि परिवारलाई पाल्न गाह्रो हुनेभएकाले भैसी पालन व्यवसाय रोजेको पाठक बताउँछन् ।

विगत १३ महिना देखि ४ वटा भैसी बाट सुरु गर्नुभएको पाठकले अहिले ११० वटा भैसी पाडापाडी जोडन् सफल भएको बताउछँन् । साथी र पारिवारिक सहयोग र हौसलाबाट भैसीपालन व्यवसायमा जोसजागर बढेको छ । अहिले उनले दैनिक २ सय ५० लिटर दुध बिक्रि गर्छन् अबको लक्ष्य भनेको दैनिक ५ सय लिटर दुध बिक्री गर्ने रहेको छ । उनको फार्ममा दिनमा १७ लिटर दुध दिने भैसी समेत रहेको छ । पशुपालन २ छाक टार्नको लागि मात्र नभई कसैलाई रोजगारी दिनको लागि पनि व्यवसायीक बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् पाठक । स्थानीय तिन जना महिला गरि ७ जनालाई पनि रोजगार दिएका छन् । गाँउ घरमा खाली बसेका दिदीबहिनीहरुलाई एउटा सानो रोजगारको पाटो समेत बनेको छ ।

करिब ६ कठ्ठा जग्गामा गोठ बनाईएको छ भने ३ विग्गा जग्गा लिजमा लिएर घाँस लगाएका छन् । भैसी पालन अबको २ बर्ष भित्रमा ५०० वटा भैसी पाल्ने र सागर फार्मबाट नै भैसी बिक्री गराउने उनको लक्ष्य रहेको बताउँछन् । मानिसहरु भैसी खरिदका लागि निकै टाढा पुग्ने गर्छन् त्यसको लागि आफुले यही उत्पादन गरेर बिक्री गर्ने योजना रहेको पाठक बताउँछन् ।

भैसी पालन पेशाबाट अहिले आफु सन्तुष्ट भएको बताउछन् । शुरुमा निकै गाह्रो छ पाडापाडीलाई खुवाउन दानापानी, घाँस दिन्, कर्मचारीलाई तलब दिन गाह्रो भएता पनि बिस्तारै राम्रो हुनेछ भन्ने आशामा रहेको र अहिले उनले मासिक खर्च कटाएर १ लाख आम्दानी गर्न सफल भएका छन् । पाठक अरुलाई पनि सल्लाह सुझाव दिन्छन् यदि कसैले कृषक पेशा गर्न हो भने पहिले उसले तालिम लिएर दक्ष भए मात्र गर्नुपर्छ यदि भैसी पालन गर्ने तरिका थाहा नभए सबै घाटा र नोक्सान हुने बताउँछन् ।

विदेशमा धेरै धन कमाउँछु भनेर जाने धेरै युवाहरुलाई स्वदेशमा पनि धेरै कुरा गरेर धन कमाउन सकिने उनी बताउँछन् । भबिष्यमा उनी एउटा नमुना गोठ बनाएर धेरै भैसी पाल्ने साथै पशु व्यवसायलाई वातावरण मैत्री बनाउने लक्ष्य रहेको पाठक बताउछन् । राज्यले किसानहरुको लागि अनुदान सहयोग दिदैँ आएपनि त्यो प्राप्त नभएको पाठक गुनासो गर्छन् । स्थानीय स्तरमा पशुपालक कृषकहरुको लागि नगरपालिकाले पनि यथ्ष्ट सहयोग गर्नुपर्ने उनी बताउँछन् । कृषि पशुपालन जस्ता पेशालाई बजारीकरण गर्न सकियो भने देशमा आर्थिक उन्नती हुन सक्ने पाठकको राहय छ । स्थानीय सरकारले नीति नियम बनाउँदा र बजेट विनियोजन गर्दा किसान मैत्री हुनुपर्ने पाठकको अपेक्षा छ ।