देवचुली
देवचुली नगरपालिका भित्रका ५ विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवचुली नगर कमिटीले ५ विद्यालयका २५ अति विपन्न विद्यार्थीहरूलाई आवश्यक कपी , कलम , सार्पनर र इरेजर वितरण गरेको छ।
अनेरास्ववियु नगर कमिटीका अध्यक्ष सुजन भुसालको अध्यक्षता सँगै केन्द्रिय कमिटीका उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम सूर्यकिरण आधारभूत विद्यालय परिसरमा भएको थियो।
कार्यक्रममा सूर्यकिरण आधारभूत विद्यालय देवचुली ११ , देवचुली मावि रजहर ( आधारभूत तहका विद्यार्थी ) , मिलिजुली आधारभूत विद्यालय देवचुली ८ , दिव्यज्योति आधारभूत विद्यालय देवचुली १२ र शान्ति सृजना आधारभूत विद्यालय देवचुली ४ का विद्यार्थीहरूलाई सामाग्री वितरण गरिएको अनेरास्ववियु जिल्ला उपाध्यक्ष सौगात भुसालले हेर्नेपाटीलाई बताएका छन्।
अनेरास्ववियु नगर कमिटीका उपाध्यक्ष श्रद्धा पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवलपुर नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् देवचुली नगरका सह इन्चार्ज युवराज वाग्ले , देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी , अनेरास्ववियु जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्ज सागर न्यौपाने , अनेरास्ववियु जिल्ला उपाध्यक्ष सौगात भुसाल , देवचुली पाटी उपाध्यक्ष भिमलाल तिवारी , जिल्ला कमिटी सदस्य तथा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल सहित ५ वटा विद्यालयका शिक्षक प्रतिनिधिको साथमा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा २५ जना विद्यार्थीहरुलाई जनही १/१ दर्जन कपी र पेन्सिल सहित सार्पनर र इरेजर वितरण गरिएको थियो।
सोही अवसरमा बोल्दै वक्ताहरूले विद्यार्थीहरूलाई यसरी शैक्षिक सामाग्री वितरण गर्न पाउँदा आफुहरुलाई खुसी मिलेको बताउँदै आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने बताएका थिए।