देवचुली
महिला कल्याण बहुउद्देश्य सहकारी संस्था देवचुली ११ ले २५ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती महोत्सव मनाउने भएको छ। संस्थाले पौष १२ गते देखि २१ गते सम्म विविध कार्यक्रमहरू गरि साधारण सभा तथा रजत जयन्ती महोत्सव मनाउने तयारी गरेको संस्थाका अध्यक्ष रत्न माया विश्वकर्माले बताएकी छिन्।
संस्थाले सार्वजनिक गरेको कार्यतालिका अनुसार पौष १२ गते देखि वडा गत साधारण सभा हुनेछ। यसै अनुरूप पौष १२ गते देवचुली वडा न १२ को नागपोखरी वाल उधानमा ,पौष १३ गते देवचुली १० को गाउँघर क्लिनिकमा , पौष १४ गते देवचुली १ देखि ९ सहित १४ , १६ र १७ संस्थाको सभाहलमा , पौष १५ गते निमावि स्तरीय ( कक्षा ८ ) सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता , पौष १६ गते देवचुली ११ को धारापानी चौरमा , पौष १७ गते देवचुली १३ को सृजनशील आमा समुहको भवनमा र पौष १८ गते देवचुली १५ को जनज्योति माविको चौरमा वडा गत साधारण सभा हुनेछ।
संस्थाले साधारण सभा अन्तर्गत संस्थाको विभिन्न प्रतिवेदन प्रस्तुत सम्बन्धमा , विभिन्न समयमा भएका निर्णयहरूको अनुमोदन सम्बन्धमा , लेखा परीक्षक नियुक्ति र पारिश्रमिक सम्बन्धमा , संस्थाको वार्षिक कार्ययोजना बजेट र आगामी पञ्च वर्षीय रणनीतिक योजना सम्बन्धमा, संस्थाको विनिमय नीति तथा कार्य विधि निर्माण र संसोधन सम्बन्धमा छलफल गरिने संस्थाका अध्यक्ष विश्वकर्माले बताएकी छिन्।
पौष २१ गते समापन हुने सभाको पूर्व सन्ध्यामा संस्थाले पौष १९ गते वृहत रक्तदान कार्यक्रम सहित सरसफाइ कार्यक्रमको पनि आयोजना गरेको छ। संस्थाको कार्यतालिका अनुसार सभाको अन्तिम दिन अर्थात पौष २१ गते रजत जयन्ती विशेष कार्यक्रम गर्ने भएको छ।
उक्त दिन देवचुली १३ को सहारा पार्टी प्यालेस दलदलेमा साधारण सभाको समापन सँगै विभिन्न व्यक्तिहरूलाई सम्मान , स्मारिका विमोचन सहित विविध कार्यक्रम गर्ने संस्थाले जानकारी गराएको छ।