नवलपुर,
१६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा देवचुलीको भीमसेन मा।विले ९ वटा स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित जिल्ला प्रथम हुन सफल भएको छ । देवचुली नगरपालिका भित्रका विभिन्न विद्यालयको सहभागितामा सबैभन्दा धेरै विधामा भीमसेन मा.विले जित हासिल गर्न सफल भएको हो । देवचुली वडा नं ७ मा रहेको भीमसेन मा.विले फरक–फरक १७ विधामा जित हासिल गर्न सफल भएको हो । गत पौष ८ गते र ९ गते संचालन भएका खेलहरुमा देवचुली नगरपालिका भित्रका विभिन्न विद्यालयहरुको सहभागीता रहेको थियो ।
कराते खेलको ४० के।जी तर्फ भीमसेन मा.विका छात्रा निलम खाम्चा, ४५ के।जी तर्फ सृजना थापा, ६० के.जी तर्फ सिम्रन भुजेल र ५५ के.जी तर्फ सोइसा आले प्रथम भएका छन् । यसैगरि कराते खेलको ४० के.जीमा देवचुली ५ मा रहेको सकलादेवि मा.विका छात्रा रञ्जीता फाल, ४५ के.जी तर्फ रविना पुन र ६० के.जीतर्फ सवनम आचार्य तृतीय हुन सफल भएका छन् ।
४२ के.जीको छात्र तर्फको कराँते खेलमा भीमसेन मा.विका सिद्धार्थ वि.क प्रथम, सकलादेवि मा.विका अनमोल पौडेल द्धितीय, ४७ के.जी तर्फ भीमसेन मा.विका अनमोल गुरुङ तृतीय भएका छन् । यता ५२ के.जी तर्फ भीमसेन मा.विका विनोद खाम्चा तृतीय, सकला मा.विका रोहन न्यौपाने तृतीय, ५७ के.जी तर्फ भीमसेन मा.विका विशाल सारु प्रथम, सकला मा.विका युजेन वाचे तृतीय, ६२ के.जीतर्फ भीमसेनका अमन वि।क तृतीय र निर्मल न्यौपाने तृतीय हुन सफल भएका छन् ।
यस्तै १ सय मिटर रिले दौड प्रतियोगिताको छात्रातर्फ बरचुली मा.विका कमला कुवंर, सेनु परियार, रिमा सापकोटा र विध्येसा थापा प्रथम भएका छन् भने ४ सय मिटरको छात्रातर्फको रिले दौड प्रतियोगितामा बरचुली मा.विका ईशा चौधरी, मुस्कान वि.क, सेनु परियार र गंगा सुनार द्धितीय भएका छन् । यता ४ सय मिटरको रिले दौडमा छात्रातर्फ भीमसेन मा.विबाट साजन बुढाँथोकी, सजिव रमदेल, विशाल सारु र आकाश थापा द्धितीय हुन सफल भएका छन् ।
१ सय मिटर दौड प्रतियोगितामा देवचुली मा.विकी लिलादेवी महतो प्रथम, २ सय मिटर तर्फ वरचुली मा.विकी गंगा सुनार द्धितीय, ४ सय मिटर तर्फ देवचुली मा.विकी लिलादेवी महतो द्धितीय, ८ सय मिटर तर्फ भीमसेन मा.विका आकाश थापा प्रथम, १५०० तर्फ भीमसेन मा.विका कृष्ण श्रेष्ठ प्रथम, ३ हजार तर्फ भीमसेन मा.विका कृष्ण श्रेष्ठ प्रथम, ३ हजार तर्फ बरचुली मा.विका कमला कुवंर तृतीय, सटफुट छात्र तर्फ भीमसेन मा.विका अमर परियार द्धितीय, सटफुट छात्रा तर्फ पृथ्वी मा.विकी अनुजा सारु प्रथम र ज्याभलिन थ्रो छात्रतर्फ भीमसेन मा.विकी आकाश थापा द्धितीय हुन सफल भएकी छन् । भलिबल प्रतियोगितामा देवचुली माध्यमिक विद्यालय द्धितीय हुन सफल भएको छ । हाइ जम्पमा नेपाल मा.वि प्रथम भएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि उत्तीर्ण विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरिएको देवचुली नगर खेलकुद समितिका सदस्य सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसीको प्रमुख आतिथ्यता रहेको थियो।