देवचुली,
देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको देवचुली माध्यमिक विद्यालयको ५२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था माननीय महेन्द्र जि।सीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जि।सीले आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको र यस विद्यालयलाई प्रदेश सरकारले आगामी दिनमा आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले विद्यालयको स्थापना कालदेखि भौतिक तथा शैक्षिक विकासमा नगरपालिकाले पनि साथ र सहयोग रहदै आएको बताउनुभयो । साथै देवचुली मा।विको उन्नति र प्रगतिमा सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
५२ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यालयका अक्षयकोष मार्फत ५० जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँले विद्यालयले अंग्रेजी माध्यममा प्रत्येक कक्षामा थप सेक्सन हुने गरी विद्यार्थी संख्या ३ बर्ष भित्रमा २ हजार पुर्याउने लक्ष्य , सिकाई र शैक्षिक स्तरमा थप सुधार, एस.ई.ई विद्यार्थीलाई मध्यनजर गरि होस्टेल निर्माण गर्ने, शुद्ध खानेपानी र शौचालय व्यवस्थापन, चमेना गृहलाई व्यवस्थित जस्ता थुप्रै योजना रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी एव्म शिक्षकहरुलाई सम्मान गरिएको थियो ।