देवचुली
पशुपति वैदिक आश्रम देवचुली १५ प्रगतिनगरमा पुष ४ गते बुधबार देखि सुरु भएको द्वितीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञको छैटौँ दिन सम्पन्न भएको छ।
छैटौं दिन सम्म आउँदा १५ लाख रकम र १ सय मुरी धान संकलन भएको शिव प्रसाद अधिकारीले हेर्नेपाटीलाई बताएका छन्। धन धान्याचलका लागि प्रमुख संरक्षक अध्यक्ष गुरु संहिता शास्त्री अर्जुनप्रसाद बास्तोला, पिठाधीश श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराज, प्रमुख सल्लाहकार धर्मराज बराल लगायतको सहभागितामा समुद्घाटन गरिएको सन्त सम्मेलनमा विभिन्न कर्ताहरूले प्रवचन गर्नुभएको छ।
आज छैटौं दिन कल्याणी बैदिक कन्या गुरुकुलका सुप्रिया चौलागाईं , सानु कान्छी तामाङ्ग तथा देवघाटका श्री १००८ स्वामी स्वरुपानन्द गिरि र श्री १०८ बिष्णु प्रपन्नाचार्य लगायतका वक्ता रहेका थिए।
हाल ८० जना विद्यार्थीलाई आवास एवं भोजनको व्यवस्था गरिरहेको संस्थाका निर्माण कार्य अन्तर्गत रहेका मन्दिर, गुरु समाधि, सन्त निवास, भक्त निवास, पाठशाला, यज्ञशाला, गौशाला, लगायतको गुरु योजनाहरू रहेकाले सहयोग सङ्कलनका लागि हरेक बर्स महायज्ञ सञ्चालन गर्दै आएको हुनाले सम्पूर्णलाई सहयोग गरिदिनको लागी पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताउनुभयो ।
सम्मेलनमा दैनिक भक्तजनहरू सहभागी भई प्रवचन सुन्दै पूजापाठमा सहभागी हुने गरेका छन्।