गैँडाकोट, प्रेम क्षेत्री
मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा भएको राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिमको सामुहिक क्याम्पमा सर्वोत्कृष्ट विद्यालय हुन सफल गैँडाकोटको विजय सामुदायिक शिक्षा सदनले खुसियाली साटासाट गरेको छ ।
खुसी बाँड्दै आइतबार गैँडाकोटमा बाजागाजा सहितको ¥याली निकालिएको छ । क्याडेट, विद्यार्थी, शिक्षक, अभिभावकको सहभागितामा ¥यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरेको हो । त्यसअघि विद्यालयको सभाहलमा विद्यार्थी एवं अभिभावकलाई सम्मान गरेको थियो ।
विजय सामुदायिक शिक्षा सदनका उपाध्यक्ष परमेश आचार्यले विद्यार्थीको प्रदर्शनले गौरवान्वित महशुस गर्दै खुसी बाड्न पाउँदा हर्षानुभुति गरेको बताउनुभयो । उहाँले विद्यालयको नाम राष्ट्रिय रुपमा पहिचान गराउने विद्यार्थीप्रति गर्व गर्दै उद्देश्य अनुरुपको लक्ष्य प्राप्त गरिएको बताउनुभयो ।
त्यसअघि भएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक रेखा श्रेष्ठले राष्ट्रिय एकताको भावना जागृत गराई विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास गर्ने हेतुले सञ्चालन गरिएको यस तालिमबाट विद्यार्थीको अब्बल प्रदर्शनले विद्यालयको शाख उचो बनाएको बताउनुभयो । विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्रै सिमित नराखी उनिहरुको चौतर्फी विकासका लागि राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गरिएको उहाँको भनाई थियो ।
¥याली, सम्मान तथा पत्रकार सम्मेलन कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष टिकाराम कँडेल, सचिव विरभद्र सापकोटा, कोषाध्यक्ष लक्ष्मण कार्की, सहसचिव उमाकुमारी पाण्डे, सदस्य रामचन्द्र चालिसे, विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, राष्ट्रिय सेवा दल हात्तिखोरका अमलदार प्रेमबहादुर बानिया लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा सञ्चालित ४९ औँ जुनियर डिभिजनको पहिलो वार्षिक सामुहिक क्याम्पमा ९ वटा जिल्लाबाट सहभागीता जनाएका १६ वटा विद्यालयका ५७६ क्याडेटहरू मध्ये विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका हुन् । विद्यालयले बेष्ट प्लाटुन अवार्ड हात पारेको छ । विजय सामुदायिक शिक्षा सदनबाट सहभागी ३६ क्याडेटहरूले विभिन्न विधामा शिल्ड, मेडल, प्रमाणपत्र सहित दज्र्यानी चिन्ह प्राप्त गरेका हुन् ।
जसमध्ये उत्कृष्ट छात्र क्याडेट र अनुशासित क्याडेटको उपाधि कम्पनी जुनियर अण्डर अफिसर सौम्य ध्वज जि.सिले प्राप्त गर्नुभएको छ ।
प्लाटुन जुनियर अण्डर अफिसर रमेश केसी, कम्पनी हवलदार करिष्मा पाण्डेले प्राप्त गर्नुभयो । उत्कृष्ट मोडल व्रिफिङ – हवलदार संसार सापकोटा, हवलदार सामिया जि.सी., हवलदार श्रीषा आचार्य, अमलदार कुमार राना मगर, अमलदार दिलिप के.सी, अमलदार हन्ना नेपाली, प्यूठ आयुष्मा परियार, प्यूठ सलिना थापा मगर, प्यूठ कृष्टी थापा, प्यूठ सुमित सुवेदी, प्यूठ प्रवेश परियार, प्यूठ सौगात शर्माले प्राप्त गर्नुभएको छ भने अन्य शिक्षार्थीहरुले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
त्यसैगरी विद्यालयले छात्र क्याडेट भलिबलमा दोस्रो स्थान, छात्रा क्याडेट भलिबलमा पनि दोस्रो स्थान र नृत्यमा तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । निरन्तरको अभ्यासले यो सफलता प्राप्त गर्न सफल भएको समन्वय शिक्षक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।
यो तालिममा नवलपरासी (बर्दघाट सूस्तापूर्व) बाट जम्मा ५ वटा विद्यालय छनौटमा पर्न सफल भएका थिए । राष्ट्रिय सेवा दल मध्ये तालिम शिक्षालय हात्तिखोर ब्यारेकका अमलदार प्रेमबहादुर बानिया र प्युठ राजकुमार शर्माले तालिम दिनुभएको थियो ।
अनुशासन, नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता साथै राष्ट्रिय एकताको भावना, विपद व्यवस्थापन तथा उद्धार कार्यमा स्वयम्सेवक युवा तयार पार्ने लक्ष्य अनुरुप राष्ट्रिय सेवा दलले यो तालिम प्रदान गर्दै आइरहेको छ ।