देवचुली,
किशोरी अधिकार संरक्षणको लागि वडास्तरीय र सरोकारवाला सँग दोस्रो चरणको छलफल कार्यक्रम देवचुली १७ फारममा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच वडाका आमासमुह, बरचुली माध्यमिक विधालयका शिक्षिकाहरु, वडाका वडा अध्यक्ष, बरचुली माध्यमिक विधालयका किशोरी विधार्थी लगायतको उपिस्थतीमा छलफल गरिएको थियो । समाजमा महिनाबारी हुँदा किशोरीहरुलाई गरिने छुवाछुत, कम उमेरमा गरिने विवाह अर्थात बालविवाह गतिविधिहरु दिन प्रति दिन बढदैँ गईरहेकाले जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलन स्विजरल्याण्ड द्धारा संचालन भईरहेको बालिका सशक्तिकरण अन्र्तगतमा वडाका वडाध्यक्ष, विधार्थी, अभिभावक लगायत सँग बालबालिका माथि घटने घटनालाई कसरी रोकथाम गर्नुपर्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।कार्यक्रममा अध्यक्षता देवचुली नगरपालिका वडा नं १७ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगरकार्यपालिकाका सदस्य नवकुमारी शर्माले किशोरकिशोरीहरु माथि हुने दुव्यवहार, हिंसालाई नलुकाई बाहिर ल्याए मात्र अपराधीलाई सजाय हुने र किशोरकिशोरीहरु सशक्त हुने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै अभिभावकहरुले पछिल्लो समय किशोरकिशोरी समाजिक संञ्जाल प्रति बढि आर्कषित भएकाले यस्लाई न्युनिकरण गर्नुपर्ने, किशोरकिशोरीहरुलाई एकै ठाँउमा समावेश गराएर कार्यक्रम आयोजना गर्नुपर्ने, किशोरकिशोरीलाई बराबर रुपले हेर्नुपर्ने जस्ता कुरामा जोड दिएका थिए ।
यस्तै कार्यक्रमको अनत्यमा बोल्दै कार्यक्रमका अध्यक्ष विष्णु प्रसाद आचार्यले बालबालिका माथि हुने हिंसालाई सबै मिलेर उल्लङगन गर्नुपर्ने र किशोरी मात्र नभई टोलमा रहेका आमासमुहरुले पनि क्षमताबृद्धि कार्यक्रम गरेर टोललाई अगाडि बडाउनुपर्नेमा जोड दिनुुभएको थियो । कार्यक्रममा बरचुली माध्यमिक विधालयका किशोरी, आमासमुह लगायत करिब ६० जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण जागतिृ बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले गर्नुभएको थियो ।