देवचुली
देवचुली होटेल व्यवसाय संघको अध्यक्ष पदमा लक्ष्मण चापागाईं चयन भएका छन्। संघको आज बिहीबार सम्पन्न चौथो साधारण सभाबाट चापागाईँको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो।
यो सँगै वरिष्ठ उपाध्यक्षमा भोजराज ज्ञवाली, उपाध्यक्षमा आरती सुस्लिङ मगर , सचिवमा खुमलाल भुर्तेल , सहसचिवमा विष्णु खरेल, कोषाध्यक्षमा देवी भण्डारी सहित सदस्यहरूमा तिलक खोजवार, शिवराज ढुंगाना, मनकुमारी थापा, दिलकुमारी राना, रनबहादुर सुनारी, गणेश रानाभाट, थिरलाल पाण्डे, गणेश पराजुली र रूपा गैरे लगायतका रहेका छन्।
कार्यक्रममा देवचुली होटेल व्यवसाय संघका अध्यक्ष सुरेश पाण्डेको अध्यक्षता सँगै होटेल व्यवसाय संघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले होटल व्यवसायीहरुमा एकरूपता कायम गर्नु पर्ने र अहिलेको अवस्थामा यो व्यवसाय चुनौतिपूर्ण रहेकाले संयमित भएर अगाडि बढ्न आग्रह गरेका थिए।
कार्यक्रममा होटेल व्यवसाय संघ गण्डकी प्रदेशका महिला उपाध्यक्ष तुलसी ज्ञवाली , प्रदेश सदस्य बुद्धिसागर पौडेल , नवलपुर होटेल व्यवसाय संघका अध्यक्ष सन्तोष राना सँगै जिल्ला भरिका होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो।
निर्वाचन समितिका संयोजक खिमानन्द भुसालले आफ्नो भनाई नवगठित सम्पूर्ण कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। आज चयन भएको कार्य समितिले आगामी ३ वर्ष सम्म यस क्षेत्रको होटल व्यवसायीहरूको हकहितको लागी काम गर्ने प्रतिवद्धता जनाएका थिए।