देवचुली
पशुपति वैदिक आश्रम देवचुली १५ प्रगतिनगरमा पुष ४ गते बुधबार देखि सुरु भएको द्वितीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञको दोस्रो दिन सम्पन्न भएको छ।
दोस्रो दिन सम्म आउँदा नगद ६९ हजार ५ सय ४१ रुपैंया जम्मा शिव प्रसाद अधिकारीले हेर्नेपाटीलाई बताउनुभएको छ।
धन धान्याचलका लागि प्रमुख संरक्षक अध्यक्ष गुरु संहिता शास्त्री अर्जुनप्रसाद बास्तोला, पिठाधीश श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराज, प्रमुख सल्लाहकार धर्मराज बराल लगायतको सहभागितामा समुद्घाटन गरिएको सन्त सम्मेलनमा बिहीबार विभिन्न कर्ताहरूले प्रवचन गर्नुभएको छ।
बिहीबार स्वामी डा. बिमलानन्द सरस्वती , स्वामी कृष्णनन्द सरस्वती , सन्तोष प्रभाकर , भिमलाल भट्टराई , विष्णु पुरुष चापागाईं , प्राचार्य रामचन्द्र कँडेल र उमाकान्त पौड्याल लगायतले प्रवचन गर्नुभएको होमनाथ जैसीले बताउनुभएको छ।
हाल ८० जना विद्यार्थीलाई आवास एवं भोजनको व्यवस्था गरिरहेको संस्थाका निर्माण कार्य अन्तर्गत रहेका मन्दिर, गुरु समाधि, संत निवास, भक्त निवास, पाठशाला, यज्ञशाला, गौशाला, लगायतको गुरु योजनाहरू रहेकाले सहयोग सङ्कलनका लागि हरेक बर्स महायज्ञ सञ्चालन गर्दै आएको हुनाले सम्पूर्णलाई सहयोग गरिदिनको लागी पशुपति साङ्गवेद आवसीय संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताउनुभयो ।