देवचुली,
बरचुली माध्यमिक विधालयका बालिकाहरुलाई शुक्रबार एक कार्यक्रमका बिच खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । किशोरीहरुले समाजमा केही गर्नहुन्न भन्ने मान्यता रहिआएको भएता पनि पछिल्लो समय यस्ता मान्यतालाई देवचुलीका किशोरीहरुले हटाएका छन् । यस्तै पात्र बनेका छन् बरचुली माध्यमिक विधालयका किशोरीहरु । नवलपुर जिल्लाबाट छनौट भई गण्डकी प्रदेशस्तरीय छात्रा फुटबल प्रतियोगितामा भाग लिईने भएका छन् ।
कार्यक्रममा अध्यक्षता बरचुली माध्यमिक विधालय व्यवस्थापन समितिकी अध्यक्ष निर्माला रेग्मीले गर्नुभएको थियो भने प्रमुख अतिथी देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले रहनुभएको थियो । यस्तै बिशेष अतिथीका रुपमा देवचुली नगरपालिका वडा अध्यक्षहरु, संस्थाका सल्लहकार, कार्यसमितिका पदाधिकारीहरु, अन्य जनप्रतिनिधिहरु र अन्य सरोकारवालहरु लगायतको उपिस्थती रहेको थियो ।
उक्त कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानलन स्विजरल्याण्ड द्धारा सञ्चालन भएको किशोरी सशक्तिकरण कार्यक्रम अन्र्तगत किशोरी खेलाडीहरुलाई ट्रयाक्सुट वितरण गरिएको छ भने देवचुली नगरपालिकाबाट १ लाख २० हजार आर्थिक सहयोग गरेको र वडा नं १७ मा रहेको चौतारी उपभोक्ता समुहले १६ सेट जर्सी र १५ हजार आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएकी तिवारीले बरचुली माध्यमिक विधालयका किशोरीहरुले फुटवल खेलबाट एउटा जिल्लाकै उत्कृष्ट बनेकोमा बधाई दिदैँ किशोरीहरु पनि किशोर सम्मान रहेको र समुदायमा किशोरीहरुले धेरै काम गरेर देखाउनुपर्छ बताउनुभएको थियो ।
यस्तै किशोरी खेलाडी क्यापटन रेजिना घर्ती मगरले आफुहरुलाई सहयोगी हातहरु आएकोमा साचिँकै मनमा उर्जा थपिएको बताउनुभएको थियो ।
कार्यक्रममा विधालयका विधार्थी, शिक्षकशिक्षिका लगायतको उपिस्थती रहेको थियो भने कार्यक्रमको सहजीकरण विधालयकी किशोरी विधार्थी सुष्मा पोख्रेल र सोस्तिका आचार्यले गर्नुभएको थियो ।