देवचुली
लालिमा कृषि सहकारी संस्था देवचुली ३ को १३ औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको अध्यक्ष सूर्य प्रसाद पोख्रेलको अध्यक्षता सँगै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।
संस्थाका उपाध्यक्ष मनहरी पौडेलको स्वागत मन्तव्य रहेको सभामा विभिन्न विधा अन्तर्गत १५ जनालाई सम्मान गरिएको छ। संस्थाका उत्कृष्ट किसान ३ जना , उत्कृष्ट बचतकर्ता १ जना , सर्वाधिक शेयर अन्तर्गत १ जना , असल ऋणी २ जना र ज्येष्ठ नागरिक ८ जना गरि १५ जनालाई सम्मान गरिएको हो।
संस्थाका अध्यक्ष पोखरेलले प्रगति प्रतिवेदन , ऋण बचत तर्फका लेखा संयोजक शिव प्रसाद पाण्डे र बिउ बिजन तर्फका लेखा संयोजक धनप्रसाद रिजालले आ–आफ्नो लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा आव २०७९/८० मा संस्थाले ६९ लाख ८५ हजार ३ सय ७६ आम्दानी गरे सँगै ४० लाख ५७ हजार ५ सय ७३ खर्च भएको जानकारी गराइएको थियो।
यो सँगै संस्थाले यस आवमा कुल २९ लाख २७ हजार ८ सय ३ मुनाफा आर्जन गरेको छ।
लालिमा सामुदायिक बिउ प्रसोधन तथा भण्डारण केन्द्रको परिसरमा सम्पन्न कार्यक्रममा सञ्जीवनी साकोसका उपाध्यक्ष प्रदीपराज घिमिरे , दिव्यपुरी खानेपानीका अध्यक्ष तिल प्रसाद पाठक तथा देवचुली बहुउद्देश्यका अध्यक्ष कृष्ण गौतम लगायतले शुभकामना मन्तव्य दिएको कार्यक्रमलाई संस्थाका सचिव पारस खनालले सहजीकरण गरेका थिए।