देवचुली
दिव्यज्योति आधारभूत विद्यालयमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा रहेको दिव्य बाल क्लबको संयोजकत्वमा यस कार्यक्रमको आयोजना गरिएको थियो।
विद्यार्थीहरूले सामाजिक विषयमा अध्ययन गर्दै आएका सामाजिक समस्याहरूको बारेमा जान्न , बुझ्न र यसको साथै समस्या न्यूनिकरणमा यस कार्यक्रमले सानो तर महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको विद्यालयका प्रधानाध्यापक मैना श्रेष्ठले बताउनुभएको छ।
बाल क्लबका अध्यक्ष रसिका भुर्तेलको अध्यक्षता सँगै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पौडेलको आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले प्ले कार्डमा मादक पदार्थ सेवन नगरौँ , बाल विवाह नगरौँ , बाल शोषण अन्त्य गरौँ , बाल अधिकार सुनिश्चित गर , लैंगिक विभेद नगरौँ , सामाजिक विकृति अन्त्य गरौँ , अनावश्यक खर्च बन्द गरौँ जस्ता सन्देश मूलक नाराहरू लेखेका थिए।
बिधालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूले प्लेकार्ड लेखिएका नाराहरुलाई वाचन गर्दै लक्ष्मीपुर र कुनाघाटका विभिन्न टोलहरूमा पुगेर जनचेतना फैलाउने प्रयास गरेको बाल क्लबका संयोजक शिक्षक रमाकान्त गौतमले बताउनुभयो।
कार्यक्रममा विद्यालयका अध्यक्ष पौडेलले विद्यार्थीहरूले सामाजिक समस्याको विषयमा आयोजना गरेको कार्यक्रमले आफू एकदम प्रभावित भएकाले यसरी नै समाजमा भएका विकृतिहरूको विरुद्धमा आवाज उठान सँधै अगाडि सर्न आग्रह गर्नुभएको थियो।
यो सँगै बिधालय यस अघि गत मङ्सिर १७ गते देखि २२ गते सम्म विधार्थीहरुलाई आत्मसुरक्षा सम्बन्धी प्रयोगात्मक कक्षा समेत सन्चाल गरिसकेको छ।