क्रूज जहाजहरू लामो समयदेखि ऐश्वर्यको पर्यायवाची भएका छन्। जसले यात्रुहरूलाई एक अद्वितीय र अविस्मरणीय छुट्टीको अनुभव प्रदान गर्दछ।
भव्य आवास, विश्व-स्तरीय भोजन र मनोरन्जनका विकल्पहरूको प्रशस्तताले सबैको मन लोभ्याउँछ ।
क्रूज जीवनशैली भनेको अचम्म र भोगको संसारको प्रवेशद्वार हो।
विशाल सागरको मुटुमा, एक असाधारण समुदाय क्रूहरु जहाजमा हुन्छन्। यात्रुहरूले रमाइलो गर्ने आकर्षक मनोरञ्जन र विलासी सुविधाहरूको मेलोमेसो मिलाउनका लागि अहोरात्र खटिने क्रू श्रमिक या भनौ कर्मचारीहरुको कर्मथलो पानीजहाज भित्र एउटा लुकेको संसार हुन्छ ।
प्रायः दैनिक अथक परिश्रम गरेर ग्राहकलाई सेवा प्रदान गर्ने क्रू बस्ने साना क्याबिनहरू र साझा ठाउँ हुन्छन् । तर कर्मचारी सदस्यहरू बीचको सौहार्द अतुलनीय हुन्छ । तिनीहरू सबै बिच गहिरो मित्रता हुन्छ । समुद्रको बीचमा एकअर्कामा परिवारको भावना सिर्जना गर्छन्।
कामबाट फर्केपछि क्रुबारमा भेला भएर केही प्यालामा रमाउनु, एकअर्काको राष्ट्रियता र संस्कृतिहरू साटासाट गर्दै सम्बन्धहरू अझ गाढा बनाउनु पानीजहाज भित्रको बिषेशता हो ।
समुद्रको कोमल लहरसँगै हल्लिने जहाजमा सुुरुसुरुमा काम गर्न निकै असहज महसुस हुन्छ । केही स्टाफहरुले त बान्तासम्म गर्छन् ।
क्रूज जहाजमा काम गर्दा सयौं भूमिकाहरू निभाउनु पर्ने हुन्छ। आतिथ्य र मनोरञ्जन देखि मर्मत र नेभिगेसन सम्म। प्रत्येक कर्मचारी सदस्यले यात्रुहरूको लागि सहज र अविस्मरणीय अनुभव सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। प्रख्यात शेफहरूले तयार पारेको भोजनको स्वादमा रमाउने ग्राहकहरु धेरै हुन्छन् ।
क्रूजमा काम गर्ने व्यक्तिहरूले आफ्नो कर्मथलोमा लाग्नु अघि व्यापक प्रशिक्षण लिनुपर्ने हुन्छ । जसलाई क्त्ऋध् कोर्स भनिन्छ । नेपालमा यसको सुबिधा नभएको हुनाले हामी भने इन्डिया जानुपर्ने हुन्छ ।
नेपालमा रहेका धेरै मेनपावर कम्पनीले बिगतमा सेवा शुल्कको नाममा कामदारबाट मोटो रकम असुलेको खबर आए पनि अहिले भने प्राय मेनपावरहरुले शुन्य लागतमा पठाउने गरेको पाइएको छ।
प्रत्येक चोटि कम्पनीसँगको श्रम सम्झौता छ देखि एघार महिनाको हुनेगर्छ ।अपवादमा केही कम्पनीहरूको फरक रहन्छ । त्यसपछि दुई महिनाको बिदा पाइन्छ ।
क्रूज जीवनशैलीको आकर्षण भनेकै पानीको बाटो भएर विभिन्न देशहरु घुम्न पाउनु हो । साथै भित्र हुने मनोरञ्जनात्मक क्रियाकलापहरु । र हरेक छ देखि एघार महिनाको बिचमा घर आउन पाउनु ।
आफ्नो भविष्यलाई मध्यनजर गरेर धेरै कामदारहरु वर्षौंसम्म एउटै कम्पनीमा रहन मन पराउँछन् ।
पानीजहाजमा काम गर्दा विश्वभरका मनमोहक गन्तव्यहरू अन्वेषण गर्ने अवसर निरन्तर आइरहन्छन् । जसले स्टाफ सदस्यहरूलाई विभिन्न देशको बिकास र संस्कृतिहरूको अवलोकन गर्ने र जीवनभरका सम्झनाहरू संकलन गर्ने अवसर मिल्दछ।
महिला प्रतिको यौन हिंसालाई निकै संवेदनशील मानिने हुनाले यस्तो किसिमको कार्य गर्ने जोकोही तत्काल घर फर्किनुपर्ने हुन्छ । यस हिसाबमा महिलाहरु निकै सुरक्षित हुन्छन् पानीजहाजमा ।
एउटा जहाजमा कम्तिमा पनि बीस देखि तीस देशका मानिसहरु काम गर्न आएका हुन्छन् । अलग भाषा, धर्म, संस्कृति र रहनसहन भएका सबै एकअर्कामा परिवार जसरी मिलेर बस्नु सबैभन्दा ठुले बिषेशता हो ।
हरेक उमेर समूह र रुचि अनुरूपका गतिविधिहरू र मनोरन्जनले गर्दा जहाजमा कहिल्यै सुस्त क्षण हुँदैन।
क्रूज स्टाफ सदस्यहरूले विविध सुविधाहरू र गतिविधिहरूको विस्तृत आनन्द लिन्छन्। फिटनेस सेन्टरहरू ,स्विमिङ पुल, थिएटर, रेस्टुरेन्टहरू र कहिलेकाँही डिस्कोमा गएर मदिराको नशामा नाँच्दै थकान मेटाउदै रमाइलो गर्न पाउछन् ।
आर्थिक रुपमा खाडी मुलुकमा काम गर्न जाने श्रमिकको भन्दा निकै राम्रो आम्दानी तथा सेवा सुविधा हुन्छ यहाँ ।
व्यक्तिगत सुरक्षालाई निकै संवेदनशील रुपमा लिइने भएको हुनाले त्यति धेरै श्रम शोषण हुन पाउँदैन ।
विशेष गरि छोटो छुट्टी मनाउनका लागि आउने गर्छन् गेस्टहरु । परिवारसहित आउने ग्राहकहरुलाई खुसी पार्नु नै क्रूहरुको मुख्य जिम्मेवारी हो ।
यतिधेरै राम्रो पक्ष हुँदाहुँदै पनि केही नराम्रा पक्षहरु पनि छन् । सम्झौता अबधिभर दैनिक काम गर्नुपर्ने हुन्छ ।“बिदाको दिनू भन्ने हुँदैन । प्रायस पानीमा हुने भएकोले भनेको बेला बाहिर निस्किन पाइँदैन ।
क्रूज जीवनशैलीले आश्चर्य र भोगको संसारको आनन्द प्रदान गर्दछ। विशाल प्यासिफिकमा सूर्य उदाउँदै र अस्ताउँदै गर्दा, क्रूज कर्मचारीहरु घुम्न आएका गेस्टहरुको सेवामा दिलोज्यान दिएर खटिरहेका हुन्छन् ।
आफ्नो जन्मथलो छोडेर धन कमाउन समुद्र माथीको शहरमा गएका सम्पूर्ण क्रूहरु सकुशल देश फर्किन पाउनु उनिहरुको अधिकार हो।
मनोज बिराली- लेखक