देवचुली
नवलपुरको देवचुली नगरपालिकामा रहेको १०३.८ ह्याप्पी एफ एमका स्टेसन म्यानेजर आदर्श सुशील सम्मानित भएका छन् । उनलाई नारी साहित्य समाजको आयोजनामा भएको एक कार्यक्रममा सम्मान गरिएको हो। समाजले आज शनिबार पुस्तक बिमोचन , श्रस्टा सम्मान तथा रचना बाचन कार्यक्रमको आयोजना गर्दै उहाँ सहित ६ जनालाई सम्मान गरेको थियो।
आज सम्मान ग्रहण गर्ने साहित्यकारहरुमा आदर्श सुशीलसँगै सरोज उजाड, प्रीतम भुजेल, अर्जुन अबिरल , भेषराज रिजाल तथा अम्बिका पोखरेल ज्ञवाली रहेका थिए । जमुनिया-४ सेमरी नवलपरासीमा जन्मनुभएका आदर्श सुशील हाल देवचुली ११ नवलपुरमा बस्दै आफ्नो साहित्यिक यात्रालाई अगाढी बढाइरहनुभएको छ। हाल उहाँ आभानी मिडिया प्रा ली द्वारा संचालित १०३.८ ह्याप्पी एफ एममा स्टेसन म्यानेजर सहित पत्रकारिताको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ।
प्रगतिनगरमा आयोजित कार्यक्रममा आदर्श सुशीललाई यस क्षेत्रमा रही समग्र साहित्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै समाजले सम्मान गरेको समाजका अध्यक्ष कृष्णादेवी शर्मा श्रेष्ठले बताउनु भएको छ। सुशीलले यस अघि पनि भारतको नागपुरबाट महात्मा फुले भारत गौरव अवार्ड लगायत नेपालका विभिन्न संघ-संस्थाद्वारा सम्मान तथा पुरस्कार ग्रहण गरिसक्नुभएको छ।
उहाँ बिगत दुई दशकदेखि साहित्यसँगै पत्रकारितामा सक्रिय हुनुहुन्छ। गजल मञ्च चितवन , सृजनशील साहित्य समाज, गैंडाकोट लगायत विभिन्न संघ-संस्थामा आवद्ध हुँदै साहित्य तय गर्नुभएको सुशील हाल देवचुली साहित्य समाजको अध्यक्ष (संस्थापक समेत) हुनुहुन्छ।
सुशीलको शब्दमा 'तिमी बोलाउ मात्र' ,' हाम्रो लुम्बिनी राम्रो लुम्बिनी' ,'छालहरु' जस्ता गीतहरु रेकर्ड भएर बजारमा आइसकेका छन् । सम्मान ग्रहण पश्चात् आफ्नो भनाई राख्दै सुशीलले सम्मान ग्रहण गर्नु भनेको अझ थप जिम्मेवारी बहन गर्नु भएको बताउनुहुँदै आगामी दिनमा साहित्यको क्षेत्रको बिकासको लागी आफुले सक्दो कोसिस गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।