देवचुली,
देवचुली नगरपालिका वडा नं १४ मा रहेको देवचुली डिस्टिलरी प्रा.लि आन्तरिक राजस्व कार्यालय कावासोतीद्वारा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को अवसरमा धेरै कर तिर्ने फर्मका रुपमा देवचुली डिस्टिलरी प्रा.लि दोस्रो पटक सम्मानित भएको छ । उद्योग र बाणिज्य तर्फबाट आ.व. ०७८/०७९ मा सबै भन्दा धेरै राजश्व तिर्ने देवचुली डिष्टिलरि प्रा. लि. र बैक तथा वित्तिय क्षेत्रबाट इन्फिनिटि लधुवित्त संस्थालाई बिहिबार आन्तिरक राजस्व कार्यालय कावासोतीले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
उद्योग र बाणिज्य तर्फबाट सम्मानीत हुने देवचुली डिष्टिलरि प्रा. लि.ले आ.व.०७८/०७९ मा ३९ लाख १३ हजार ७ सय ५९ राजश्व बुझाएको थियो । गत आर्थिक वर्ष २०७७ र ७८ मा पनि सम्मानित भएको देवचुली डिस्टिलरी प्रा.लिको यो दोस्रो पटक हो । दोस्रो पटक सम्मानित हुन पाउँदा खुशी लागेको डिस्टिलरीका सञ्चालक हेमलाल भुसालले हेर्नेपाटीलाई बताउनुभयो ।
दोस्रो पटक पनि आफ्नो उद्योगले सम्मान पाएपछि खुशी हुँदै प्रमुख संचालक अरुण विक्रम थापाले आर्थिक मन्दीका कारण पनि डिस्टिलरीबाट उत्पादन हुने विभिन्न ब्राण्डका मदिराहरुको बजार खपतलाई निरन्तर लैजान सफल भएकोमा आगामी दिनमा पनि सरकारको मापदण्ड भित्र रहि गुण्स्तरीय मदिरा उत्पादन गर्दै नेपाल भरि नै आफ्नो उत्पादनलाई बजारीकरण गरिने जानकारी गराउनुभयो । आन्तरीक राजश्व कार्यालयका प्रमुख राम बहादुर कार्कीको अध्यक्षतामा समापन भएको समारोहमा नवलपुर जिल्लाका उद्योग बाणिज्य संघका प्रमुख एवम् प्रतिनिधी, बस्तुगत संघका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
मंसिर १ गते देखि कर सप्ताह शुरु भएको थियो । स्वच्छ , पारदर्शी , प्रविधिमैत्रि कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ कर सप्ताहा मनाईएको थियो । कर सप्ताहा समापन कार्यक्रममा बोल्दै सम्मानीत व्यक्तिहरुले राज्यले सरल र सहज बातावरणमा व्यापार व्यावसाय संचालन गर्ने बातावरण सृजना गनुपर्ने बताए ।
कार्यालय प्रमुख थापाका अनुसार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ६५ प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले कावासोती कार्यलाई कार्यालयलाई बार्षिक रु ३५ अर्वको लक्ष्य दिएको र गत बर्ष लक्ष्यको ८० प्रतिशत राजश्व संकलन गरेको बताउनुभयो ।