महोत्तरी, ६ मंसिर
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरस्थित हिरासतमा रहेका थुनुवाहरुको लागि पुस्तकालय स्थापना गरेको छ । विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा पुस्तकले सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबिच भएको कार्य सम्पादन सम्झौता अनुसार मंगलबारबाट ञहिरासतमा पुस्तकालयझ संचालन भएको एसपी मल्लले जानकारी दिए ।
पुस्तकालयको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरेका छन् । थुनामा रहने मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउन पुस्तकालय महत्त्वपूर्ण कडी सावित हुने विश्वास भट्टराईले व्यक्त गरे ।
पुस्तकालयमा ३ सय ९७ पुस्तक राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली साहित्यका सबै विधाका ५ सय किताबहरु जिल्ला प्रहरी कार्यालयमा रहेको एसपी मल्लले बताए । कार्यालय पुस्तकालय र हिरासत पुस्तकालय स्थापनासँगै अब छिट्टै नागरिक( प्रहरी पुस्तकालय समेत संचालन गर्ने तयारी रहेको एसपी मल्लले बताए ।
आन्तरिक कार्यविधि बनाएर थुनुवालाई निश्चित समय खुल्ला वातावरण समेत उपलब्ध गराइ पढ्ने बानीको विकास गराउने लक्ष्य रहेको उनले बताए ।
पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका छन् ।
पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुबै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । ञयसमा पूर्णरूपमा सुधारको आवश्यकता छझ, प्रहरी प्रमुख मल्लले भने – ञमानिसमा चेतनाको विकास नभएसम्म केही पनि सुधार हुन सक्तैन, शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ ।झ
मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए । हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यस अघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा अभियान थालेर ञहिरासतमा पुस्तकालयझ स्थापना गराएका छन् ।