देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था देवचुली- १४ प्रगतिनगरले आज मंगलबार सेवाकेन्द्र ब्यवस्थापन उप समितिको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। दलदलेको देवचुली पार्टि प्यालेसमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तुलमणी पौडेलले गरेका थिए।
कार्यक्रममा साकोसका सबै १२ वटा सेवा केन्द्रका ब्यवस्थापन उप समितिका संयोजक , सह संयोजक तथा सदस्यहरुलाई सम्मान तथा बिदाई गरिएको हो। संस्थाको समग्र बिकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै फुलमाला सहित उनीहरुलाई सम्मान पत्र प्रदान गरि विदाई गरिएको साकोसले जानकारी दिएको छ।
साकोसका उपाध्यक्ष प्रेमा कुमारी खनालको स्वागत मन्तब्य रहेको कार्यक्रममा बोल्दै बिदाई ग्रहण गर्दै गरेका व्यक्तिहरुले साकोसमा रहंदा सन्धी समन्वयात्मक भूमिका निर्वाह गरेको बताउंदै संस्थाको वर्तमान सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष पौडेलले यस साकोसले सदैव सदस्यको हितमा काम गर्दै आइरहेकोले हाल सम्म सबै व्यक्तिहरुले दिएको साथ र सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिनको लागी आग्रह गर्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए। संस्थाका सचिव डिलाराम पाण्डेले सहजीकरण गरेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले २०८० कार्तिक मसान्तसम्मको वित्तीय विवरणको बारेमा बताएका थिए।
कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति,सबै सेवाकेन्द्र ब्यवस्थापन उप समिति, प्रमुख कार्यकारी अधिकृत, अधिकृतहरु, सेवाकेन्द्र प्रमुखज्यूहरु र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियो ।