देवचुली,
किशोरी अधिकार संरक्षणको लागि सरोकारवाला र वडास्तरीय सँग छलफल कार्यक्रम देवचुली १६ रजहरमा सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच विभिन्न विधालयका प्रध्यानध्यापक, वडाअध्यक्ष, विधार्थी, अभिभावक, स्वंयमसेविकाहरु लगायत सँग छलफल गरिएको हो । समाजमा किशोरीमाथी हुने दुव्यवहार र हिंसात्मक गतिविधिहरु दिन प्रति दिन बढँदै गईरहेकाले जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानलन स्विजरल्याण्ड सँगको साझेदारीमा संचालन भईरहेको बालिका शसक्तीकरण अन्र्तगतमा विभिन्न वडा स्तरीय र सरोकारवालाहरु सँग पछिल्लो समय बालबालिका माथि हुने घटनाका बारेमा कसरी न्युनिकरण गर्ने बारे छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै अभिभावकहरुले अझै पनि समाजमा छोराछोरी माथि गरिने भेदभाव नहटेकाले उनीहरुको मस्तिष्कमा नकारात्मक दृष्टिकोण पर्ने गर्छ जस्ले गर्दा उनीहरु आमाबुबा सँग खुलेर कुरा गर्न सक्दैन्न् । उनीहरुमा साथीको जस्तो व्यवहार गरिरहनुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए ।
त्यस्तै सामाजिक अगुवा कृष्ण बहादुर अधिकारीले शिक्षा महत्वपुर्ण पक्ष रहेको र सवै किशोरीहरुको सरल र सहज पुहँच शिक्षामा बढाउनुपर्ने र त्यही शिक्षाको मार्फतबाट उनीहरुको नेतृत्व विकास, आत्मसुरक्षा र अन्य विकासको कुरा सम्भव रहेको बताउनुभयो ।
स्वास्थ्यस्वयम सेविका समेत रहनुभएकी दिलमाया अधिकारीले समाजमा अहिले पनि किशोरीहरुको बाल विवाह हुनेभएकाले धेरै कार्य गर्न बाँकी रहेको र दुर्गम क्षेत्रमा बढि यस्ता घटना भएकाले उनीहरुमा शिक्षाको आवस्यकता रहेको बताईन् । पछिल्लो समयमा किशोरीहरु आफैले भागेर जाने विवाह व्यापक भएकाले यसको न्युनिकरणमा समेत सवैको समान चासो हुन सके सम्भव रहेको कुरामा उनको जोड रहेको थियो ।
त्यस्तै वार्डज भिजन ईं स्कुलका प्रधानाध्यापक मधुसुधन दवाडीले अभिभावकले बालकलाई धेरै स्वतन्त्रता दिएर पनि बालिकाहरु माथि हिंसात्मक घट्नाहरु धेरै घटिरहेको बताउनुभयो । यदि बालबालिका दुवैलाई स्रम्मान व्यवहार गर्ने हो भने पक्कै पनि यस्ता नराम्रा घटनाहरुको न्युनिकरण हुने उहाँको जोड थियो
कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष केशर बहादुर क्षेत्रीले समाजमा व्याप्त कुरीती र विसँगती हटाउनको लागि लागिपरेको र यो कार्यक्रममा आएका महत्वपूर्ण सुझावहरुलाई समेत ग्रहण गरी वडा र नगरपालिकाले सोही अनुसार नै कार्यक्रमहरु समेत सञ्चालन गरी किशोरीमैत्री वडाको रुपमा विकास गर्नको लागि लागिपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वडा भित्रका टोल सुधार समितिका प्रतिनिधीहरु, जनप्रतिनिधीहरु, प्रहरी कार्यालय, विद्यालय, किशोरी शसक्तिकरण कार्यक्रमका साथि शिक्षकहरु र अन्य व्यक्तिहरु गरी करिब ६५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक दिपक शर्माले सञ्चालन गर्नुभएको थियो ।