देवचुली
कार्तिक २२ गतेदेखि २४ गतेसम्म कालिका माध्यमिक विद्यालय देवचुली ९ आयोजना भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय देवचुली ९ प्रथम भएको छ। नगर भित्रको १४ विद्यालयको सहभागिता भएको प्रतियोगितामा भीमसेन माविले १८ स्वर्ण , ७ रजत र ३ काश्य पदक गरी कुल २८ पदक सहित मार्च पासमा समेत प्रथम भएर नगरमा नै उत्कृष्ट हुन सफल भएको छ।
यो सँगै देवचुली माध्यमिक विद्यालय रजहरले ११ स्वर्ण, ८ रजत र ३ काश्य गरि जम्मा २२ पदक सहित द्वितीय भएको छ भने ,पृथ्वी माध्यमिक विद्यालय पृथ्वीनगरले ७ स्वर्ण , ६ रजत र ३ काश्य गरि तृतीय भएको छ। यस्तै सकलादेवि माध्यमिक विद्यालयले ४ स्वर्ण, ९ रजत र ३ काश्य पदक गरि कुल १६ पदक सहित सान्त्वना हुन सफल भएको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार यस पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूलाई नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा नेपाल माध्यमिक विद्यालयले ४ स्वर्ण, ८ रजत र १० काश्य पदक ,कालिका माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र ४ काश्य पदक, वरचुली माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक, विश्वज्योति माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र २ काश्य पदक, जनज्योति नमूना माध्यमिक विद्यालयले १ स्वर्ण, १ रजत र ४ काश्य पदक, जन ज्योति माध्यमिक विद्यालयले ३ रजत र ४ काश्य पदक ,अमर इङ्गलिस बोडिङ स्कुल र न्यू नवल इङ्गलिस स्कुलले १/१ रजत पदक प्राप्त गरेका छन् ।
कुमारवर्ती इङ्गलिस स्कुल र पशुपति साङ्गबेदले कुनै पदक जितेका छैनन्।