गैंडाकोट
अमर इङ्गलिस सेकेन्डरी स्कुल गैंडाकोट १५ मा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि रङ्गोली तथा देउसी भैलो प्रतियोगिता सम्पन्न गरेको छ।
नेपालीहरूको दोस्रो महान पर्वको महत्व बुझाउन र परम्परागत देउसी भैलोको संरक्षण गर्नको निम्ति विद्यालयमा अन्तर सदनात्मक देउसी भैलो प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सिपल अशोक पौडेलले बताएका छन्।
उक्त प्रतियोगितामा जुनियर तर्फ पारिजात समूह प्रथम , लालीगुराँस समूह द्वितीय तथा गोदावरी समूह र सयपत्री समूहले सान्त्वना स्थान प्राप्त गरेका थिए।
सिनियर तर्फ भने गोदावरी समूह प्रथम , लालीगुराँस समूह द्वितीय तथा सयपत्री समूह र पारिजात समूह सान्त्वना भएका छन्। यो सँगै सप्तरंगी रङको पर्व समेत भनेर चिनिने पर्वको महत्व झल्किने गरि रङ्गोली प्रतियोगिता समेत सम्पन्न भएको थियो।
यस प्रतियोगितामा जेनिशा सेन , सृस्टि अधिकारी र सृजना श्रेष्ठको समूह प्रथम भए सँगै खुसी परियार , रबिना सापकोटा र स्वोस्तिका छेत्रीको समूह द्वितीय र अनुषा कँडेल , हिमानी छेत्री र रिजना सापकोटाको समूह तृतीय भएका थिए।
प्रतियोगितामा प्रथम , द्वितीय तथा तृतीय हुने समुहहरूलाई बधाई दिँदै प्रिन्सिपल पौडेलले विद्यार्थीहरूले प्रदर्शन गरेको देउसी भैलो र रङ्गोली दुवै एकदम उत्कृष्ट भएकोले सबैलाई बधाई सहित तिहारको शुभकामना दिएका थिए।