देवचुली, साउन २८
पतंजलि योग समिति देवचुली नगरपालिकाको आयोजनामा मंङ्गलबार १० दिने निशुल्क योग विज्ञान शिविर दलदलेमा सम्पन्न भएको छ । योग गरौँ निरोगी बनौँ भन्ने उद्धेश्यका साथ समाजमा भएका हरेक मानिस स्वास्थ्य रहन आवश्यक भएकाले कार्यक्रमको आयोजना गरिएको पतंजलि योग समितिका नगर अध्यक्ष निल प्रसाद पौडेलले बताउनुभयो ।
पतंजली समिति गण्डकी प्रदेश सदस्य प्रेम कुमार शर्मा, पुरुषोत्तम भुर्तेलले गर्नुभएको थियो । यस्तै बिशेष अतिथीका रुपमा देवचुली वडा नं १३ वडा अध्यक्ष डिल बहादुर खत्री, १५ का वडा अध्यक्ष हरिभक्त भटराई, देवचुली उधोग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, प्रगतिनगर खानी पानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, समाजसेवी, बुद्धिजिवि लगायतको उपिस्थती रहेको थियो ।
योग शिविर तथा हवन पुजा कार्यक्रम बिहान ४ बजे देखि ७ बजे सम्म देवचुली उधोग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका पूर्णकुमार क्षेष्ठले योग मानिसको जिवनमा मात्र नभई समाजमा भएका अनेकौ विशङ्गतिलाई हटाएर सभ्य समाजका लागि सबै लाग्नुपर्ने बताउदैँ देवचुलीमा योग शिविर संचालनका लागि नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता दिनुभएको थियो ।
यस्तै पतंजलि योग समिति नवलपुरका प्रमुख योग प्रशिक्षक युवा प्रभारी रोशन कुमार राउतले १० दिन सम्म योग प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा करिब ४५ जना प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो । मानव स्वास्थ्यका लागि योग निकै नै आवश्यकता भएको कुरा योगमा आए पछि थाहा पाएको प्रशिक्षार्थी राधा थापाले बताउनुभयो ।
कार्यक्रममा अबको १ महिने योग प्रशिक्षक प्रशिक्षण तालिमको समुद्घाटन पनि गरिएको थियो । कार्यक्रमको सहजीकरण रोशन कुमार राउतले गर्नुभएको थियो । पतंजलि योग कार्यक्रममा देवचुली नगरपालिका, देवचुली उधोग वाणिज्य संघ, ह्याप्पी एफ.एम को सहयोग रहेको थियो ।