काठमाडौं
त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा हङकङविरुद्ध नेपालले टस जितेको छ ।
कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो ।
नेपालले दोस्रो खेलमा कप्तान रोहित सहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अबिनाश बोहरा, श्याम ढकाललाई सुरुआती ११ मा राखेको छ ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।
कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराएको हो ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।