गैंडाकोट
गैंडाकोटको एक मात्र प्राबिधिक धार अध्यापन हुने रत्न राज्य लक्ष्मी माध्यमिक विधालय पितौजीले प्राबिधिक तथा व्यवसायिक धार कक्षा ९ - १२ अन्तर्गत ओ जे टि को अन्तिम मुल्यांकन आज बुधबार सम्पन्न गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड बाट संचालित २०७९ सालको कम्प्युटर इन्जिनियरिङको परीक्षामा सहभागी १८ विधार्थीको मुल्यांकन आज गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बरालको अध्यक्षता संगै राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यता रहेको थियो।
यसै अवसरमा बोल्दै प्रमुख अतिथि तिवारीले प्राबिधिक शिक्षा र ओ जे टि को महत्व बारे प्रकाश पार्दै यसलाई सफल बनाउन अभिभावक , शिक्षक , विधार्थी र बिधालय व्यवस्थापन समितिका लगायतको महत्वपूर्ण भूमिका रहने बताएका थिए। उनले बिधालयको भौतिक र शैक्षिक अवस्था एकदमै राम्रो रहेकोले आगामी दिनमा अझ प्रगति गर्दै जानेमा आफु बिश्वस्त रहेको समेत बताएका थिए।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका शिक्षा , युवा तथा खेलकुद शाखाका शाखा प्रमुख डा बालकृष्ण चापागाईं र शाखा अधिकृत हेमचन्द्र पौडेल को समेत उपस्थिति रहेको थियो। डा. चापागाईंले ओ जे टि मा पठाउनु अघि यसको महत्वको बारेमा स्थानिय अभिभावकहरुलाई प्रष्ट पारेको अवस्थामा अझै बुझ्न सहज हुने र ओ जे टि प्रभाबकारी हुने सुझाब दिएका थिए भने शाखा अधिकृत पौडेलले प्राबिधिक धारको सिकाइ साधारण धारको भन्दा फरक हुने भएकोले प्रयोगात्मक शिक्षामा जोड दिन बिधालयलाई आग्रह गरेका थिए।
विधालयका प्रधानाध्यापक नवराज काफ्लेको स्वागत मतब्य राख्दै बिध्यालयले ओ जे टि का लागि गरेका कार्यहरुको बारेमा प्रस्तुति दिएका थिए भने कार्यक्रमको सहजीकरण विधालयका शिक्षक शिव जि सिले गरेका थिए।
ओ जे टि को अन्तिम मुल्यांकन लागि सुपरिवेक्षक को रुपमा कालिका मानव ज्ञान बुटवलका प्रशिक्षक अरबिन्द कुमार दुबे रहेको थियो भने सो अवसरमा अध्ययनरत विधार्थी, शिक्षक , प्रशिक्षक , अभिभावक लगायतको सहभागिता थियो।
विधालयले विसं २०७६ देखि प्राबिधिक तथा ब्यवसायिक धार अन्तरगत कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ को पठनपाठन संचालन गर्दै आइ रहेको छ।