देवचुली,
अन्तराष्ट्रिय युवा दिवस २०७६ अन्तर्गत शुभप्रभात समाज र बिशेष देवचुली नगरपालिकाको आयोजनामा कपडा बैँक स्टेशन स्थापना चौथो चरणको कार्यक्रम सम्पन्न भएको छ । देवचुली ३ केउरेनीमा आइतबार कपडा बैँक स्टेशन स्थापना गरिएको हो । कार्यक्रममा अध्यक्षता शुभ प्रभात समाजका अध्यक्ष कृष्ण वाग्लेले गर्नुभएको थियो भने प्रमुख आथ्तियता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो । नबु आचार्यको संयोजकवमा भएको कार्यक्रममा बिशेष अतिथीका रुपमा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, देवचुली नगरपालिकाका बाल मैत्री परामर्शादाता खिमानन्द भुसाल, वडा नं १, २, ३, ४ का वडा अध्यक्ष, समाजसेवी, बुद्धिजिवी लगायतको उपिस्तथी रहेको थियो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले युवालाई जगजगाउने, युवालाई अर्गभुमिमा अगाडि बढाउने किसिमको कार्यक्रमले गर्दा गरिबी, न्युनवर्गका मानिसलाई साहाराको लागि सहयोग गरेकोमा शुभ प्रभात समाजलाई धन्यबाद व्यतm गर्दै आगामी दिनमा पनि युवाहरु यसरी नै अगाडि बढन् शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा शुभ प्रभात समाज द्धारा निर्भित आयन कपडा बैँक स्टेण्ड स्टेशन निर्माणलाई अर्जुन बन्जराले बिशेष सहयोग गर्नुभएको थियो । कार्यक्रममा युवा अभियान्ताहरुले शुभ प्रभात समाजले विगतका दिनहरुमा पनि युवाहरु मिलेर कार्यक्रमहरु गर्दै आएको र अहिलेको कार्यक्रम पहिले भन्दा अलिकति पृथक भएको बताउदैँ आगामी दिनमा पनि युवाहरु मिलेर यस्तै किसिमका कार्यक्रम गर्दै जाने अशोक पोख्रेल लगायत अन्यले बताएका थिए ।
।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल लगायत अन्य वक्ताहरुले युवाहरु साँचिकै नै परिवर्तन तिर लम्किएर समाज परिवर्तन गर्न सजिलो हुने र युवाहरुले चाल्ने हरेक काममा सबैले साथ र सहयोग दिने प्रतिबद्धता जनाएका थिए । सो अवसर कार्यक्रम संयोजकहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा करिब १०० जनाको उपिस्थती रहेको थियो भने कार्यक्रम सहजीकरण संघीय नमुना युवा सासंद एबम शुभप्रभात समाजका सचिव सुशील चापागाईले गर्नुभएको थियो ।