देवचुली
एसईई परिक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याउने विधालय र बिधार्थीहरुलाई आज शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ। देवचुली ७ मा रहेको भीमसेन आदर्श नमुना माध्यमिक बिधालयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको आयोजना कार्यक्रम सम्पन्न भएको हो।
इकाई प्रमुख रुद्र शर्माको अध्यक्षता रहेको माध्यमिक विधालयका प्रधानाध्यापकहरुको अन्तरक्रिया कार्यक्रममा नगर भित्रका सामुदायिक र संस्थागत विधालयहरु मध्य उत्कृष्ट औसत जिपिए प्राप्त गर्ने विधालय र विधार्थीलाई प्रशंसा पत्र , ट्रफी र सम्मान पत्र वितरण गरिएको थियो। यो संगै साधारण धारमा नियमित तर्फ कम्तिमा ५० बिधार्थी सम्मिलित गराई उत्कृष्ट जीपीए सहित जिल्लामा प्रथम द्वितीय र तृतीय हुने संस्थागत तथा सामुदायिक बिधालयलाई छुट्टाछुट्टै सम्मान गरिएको थियो।
यसै क्रममा विश्वज्योति मावि प्रगतिनगरका प्रिन्सिपल प्रदिप बास्तोला र भिमसेन माविका प्रधानाध्यापक अग्निधर भुसालले आआफ्नो बिधालयको असल शिक्षण अभ्यासको बारेमा सबैलाई सुचित गराएका थिए। जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा मन्तब्य राख्दै अधिकांश वक्ताहरुले विधालयलाई अझै सुधार गर्दै कसरि अगाडि बढ्ने र नतिजालाई अझ स्तरिय बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो धारणा राख्दै नेपालीहरुको महान पर्व दशैँको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा नवलपुर जिल्लाका नेपाल शिक्षक संघका अध्यक्ष इन्द्र राज भट्टराई , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हरि प्रसाद न्यौपाने , ब्याब्सनका अध्यक्ष दिपक रावत , एन प्याब्सनका अध्यक्ष रमेश अधिकारि , भिमसेन माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल चापागाईं , जिल्ला शिक्षा समितिका सदस्य नरदेव न्यौपाने , नेपाल शिक्षक महासंघका अध्यक्ष चन्द्रदेव तिवारी तथा देवचुली नगरका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा लगायतको उपस्थिति रहे संगै मन्तब्य समेत राखेका थिए।