देवचुली
मध्य नेपाल साकोसले इकाई ६ अन्तर्गतको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। आज शनिबार इकाई ६ अन्तर्गत शुभकामना सेवा केन्द्र र देवचुली सेवा केन्द्रको इकाई साधारण सभा सूर्य किरण आधारभूत विद्यालयमा सम्पन्न भएको हो।
कार्यक्रममा देवचुली सेवा केन्द्रका संयोजक रेशमलाल चापागाईँको अध्यक्षता सँगै देवचुली ११ का वडाध्यक्ष तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। साधारण सभामा साकोसको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए।
सोही अवसरमा सम्पूर्ण प्रतिवेदन माथि छलफल गरि केही महत्वपूर्ण निर्णयहरू समेत भएका छन्। विशेष गरि आजको कार्यक्रममा आ.व २०८०र०८१ का लागि आवश्यक रणनैतिक योजना सहित विविध विषयमा समेत छलफल भएको साकोसले जानकारी दिएको छ।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी, दुवै सेवा केन्द्रका व्यवस्थापन उप समितिका सम्पूर्ण पदाधिकारी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थाले यस क्षेत्रका व्यक्तिहरूको मन जितेर आफूलाई अरु भन्दा अब्बल र उत्कृष्ट बनाउन सफल भएकोमा बधाई साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा शुभकामना सेवा केन्द्र व्यवस्थापन उप समितिका सह संयोजक हुमा कान्त सुवेदीको स्वागत मन्तव्य रहेको थियो भने संयोजक रुद्र प्रसाद चापागाँईले सहजीकरण गरेका थिए।