देवचुली
मध्य नेपाल साकोसको इकाईगत चौथो वार्षिक साधारण सभाको तेस्रो दिन सम्पन्न भएको छ। आज बुधबार इकाई ३ र ४ अन्तर्गतको साधारण सभा सम्पन्न भएको हो।
इकाई ३ अन्तरगतको साधारण सभा विश्वज्योति सेवाकेन्द्रको प्राङ्गणमा र इकाई ४ को विश्वशान्ती महाबौद्ध गुम्बा पिठौलीमा सम्पन्न भएको थियो।
इकाई ३ मा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसाल र इकाई ४ मा विभागिय प्रमुख उमापति भट्टराईले समग्र प्रतिवेदन ,सचिव कुस्माखर काफ्लेले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम पाण्डेले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक यदुनाथ काफ्लेले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोही अवसरमा सम्पूर्ण प्रतिवेदन माथि छलफल गरि केही महत्वपूर्ण निर्णयहरू समेत गरिएको छ। विशेष गरि आजको कार्यक्रममा आ।व २०८०र०८१ का लागि आवश्यक रणनैतिक योजना सहित विविध विषयमा समेत छलफल भएको साकोसले जानकारी दिएको छ।
इकाई ३ अन्तर्गत सम्पन्न भएको सभामा विश्वज्योति सेवा केन्द्रका संयोजक रामप्रसाद चापागाईँको अध्यक्षता सँगै कावासोती २ का वडाध्यक्ष शिवप्रसाद पाण्डेको प्रमुख आतिथ्यता र कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीको विशेष आतिथ्यता रहेको थियो।
यता इकाई ४ मा भने पिठौली सेवा केन्द्रका संयोजक मुक्ती बहादुर क्षेत्रीको अध्यक्षता सँगै कावासोती १२ का वडाध्यक्ष ध्रुव खनालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी, दुवै सेवा केन्द्रका व्यवस्थापन उप समितिका सम्पूर्ण पदाधिकारी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले साकोसले समाज र स्थानीयलाई समृद्ध बनाउन खेलेको भूमिका सराहनीय रहेकाले यसरी नै अगाडि बढ्न आग्रह गर्दै इकाइगत चौथो वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।