देवचुली
मध्य नेपाल साकोसको इकाईगत चौथो वार्षिक साधारण सभाको दोस्रो दिन सम्पन्न भएको छ। आज सोमबार इकाई २ अन्तर्गत परोपकार सेवा केन्द्र र दिब्यपुरी सेवा केन्द्रको इकाई इकाई साधारण सभा देवचुली पार्टि प्यालेस दलदलेमा सम्पन्न भएको हो।
कार्यक्रममा परोपकार सेवा केन्द्रका संयोजक अनिल आचार्यको अध्यक्षता सँगै देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। साधारण सभामा सकोसका अध्यक्ष मानसिङ खत्रीले समग्र प्रतिवेदन ,सचिव कुस्माखर काफ्लेले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम पाण्डेले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक यदुनाथ काफ्लेले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोही अवसरमा सम्पूर्ण प्रतिवेदन माथि छलफल गरि केही महत्वपूर्ण निर्णयहरू समेत भएका छन्। विशेष गरि आजको कार्यक्रममा आ।व २०८०र०८१ का लागि आवश्यक रणनैतिक योजना सहित विविध विषयमा समेत छलफल भएको साकोसले जानकारी दिएको छ।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी, दुवै सेवा केन्द्रका व्यवस्थापन उप समितिका सम्पूर्ण पदाधिकारी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले संस्थाले यस क्षेत्रका व्यक्तिहरुको मन जितेर आफुलाई अरु भन्दा अब्बल र उत्कृष्ट बनाउन सफल भएकोमा बधाई दिंदै चौथो वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा दिब्यपुरी सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक विनोद सिलवालको स्वागत मन्तव्य रहेको थियो भने परोपकार सेवाकेन्द्र ब्यवस्थापन उप समितिका सदस्य ईश्वरी प्रसाद सापकोटाले सहजीकरण गरेका थिए