देवचुली,
देवचुली वडा नं १,२,४ र ५ मा पर्ने अमरज्योति सामुदायिक वनको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो । अमर ज्योति सामुदायिक वन समूहका अध्यक्ष टुकलाल रूचालको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथ्यता नवलपुर डिभिजन वन कार्यालयका अधिकृत मेघराज पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका नवलपुर डिभिजन वन अधिकृत पौडेलले सामुदायिक वनले पछिल्लो समय हरियाली वन पैदावरको पाटो साथै वनको विकासमा चासो देखाएको काम सराहनीय रहेको बताउनुभयो । उहाँले सामुदायिक वनलाई अगाडि लैजान अध्यक्ष, सचिव र कोषाध्यक्षको अहम भूमिका हुने हुँदा लेखा सम्बन्धि कार्यलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।
वन समूहले पछिल्लो समय विभिन्न छात्रवृत्ति, महिलाहरूका लागि विभिन्न उद्यमशील, नेतृत्व विकास जस्ता कार्यक्रम संचालन गरेको प्रति आभार व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।अमरज्योति सामुदायिक वन उपभोक्ता समूहले नवौँ वार्षिक साधारण सभाको अवसरमा ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । साधारण सभा कार्यक्रममा अति विपन्न ६ जना शान्ति सृजना आधारभूत विद्यालय र नेपाल नमूना मा.विमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप नगद र स्टेशनरी सामाग्री वितरण गरेको हो ।कार्यक्रममा अमर ज्योति सामुदायिक वन समूहका अध्यक्ष रूचालले आर्थिक बर्ष २०७९/०८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँले संस्थाले हाल सम्म वनले गरेका गतिविधि प्रस्तुत गर्नुभएको थियो भने भावीयोजना समेत प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष रूचालले वन समूहका उपभोक्ताहरूलाई पशु पालनका लागि आवश्यक घाँसपात उपलब्ध गराउनको लागि खाली जमिन उपलब्ध गराउने, समूहले संचालन गरेको दुना टपरी महिला उद्यम र अदुवा बेसार उत्पादन तथा प्रशोधन समूहलाई दिगो रूपमा व्यवस्थापन गर्ने, तालिम गोष्ठीमा विपन्न बर्गको अनिवार्य सहभागिता गराउने जस्था तालिम गोष्ठी परिमाण मुखी हुनुपर्ने र नेतृत्वको अवसर दिने जस्ता विभिन्न भावी कार्यक्रमहरू रहेको समूहका अध्यक्ष रूचालले बताउनुभएको थियो । कार्यक्रममा समूहका लेखा समिती सदस्य मोतिमाया गुरूङले आ।व २०७९/०८० को खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।
९ औं बार्षिक साधारण सभा कार्यक्रममा उपभोक्ताको तर्फबाट राम प्रसाद अधिकारी, दिव्यपुरी खानेपानी संस्थाका अध्यक्ष तिल प्रसाद पाठक, देवचुली वडा नं ४ का वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री ९राम०, सामुदायिक वन स्थानीय महासंघका अध्यक्ष कमल बाचे, स्थानीय धन बहादुर लुङेली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वन समूहका उपाध्यक्ष झमबहादुर माकिमले स्वागत मन्तव्य राख्नुभएको थियो भने समूह्का सचिव कान्ता पण्डितले सहजीकरण गर्नुभएको थियो ।