देवचुली,
राष्ट्रिय शिक्षा दिवसको समारोह तथा सम्मान कार्यक्रममा देवचुली नगरपालिकाका ६३ विद्यार्थी सम्मानित भएका छन् । "समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको ईच्छा" भन्ने नाराका साथ देवचुली नगरपालिकाले राष्ट्रिय दिवसको अवसरमा देवचुलीका विभिन्न सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका, कर्मचारी, लेखापाल, र विद्यालयलाई सम्मान गरेको हो । देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
स्तरीकृत परीक्षा २०७९ मा ४ जि.पि.ए ल्याउने उत्कृष्ट विद्यार्थीहरु तर्फ भीमसेन आदर्श मा.विका भुमिका पुलामी, एसिका गाहा मगर, नेपाल मा.विका पुर्णीमा नेपाली, विश्वज्योति मा.विका सिद्धान्त शर्मालाई सम्मान गरिएको छ ।
यसैगरि आधारभूत तह उर्तीर्ण परीक्षा २०७९ मा ४ जि.पि.ए ल्याउने विद्यार्थी तर्फ भीमसेन नमुना मा.वि तर्फ साहिल भुसाल, एन्जेलिना पोख्रेल, विविसा न्यौपाने, आयुसा काफ्ले, एलिना खन्डलुक मगर, तिलक श्रीस, लक्ष्मी गुरुङ, नेपाल मा.वि तर्फका पुष्प सारु मगर, पुर्वी पौडेल, रचना पराजुली, उत्सव वराल, अमिशा न्यौपाने, किस्मत पोख्रेल, अनुस्का पंजियार, विश्वज्योति मा.वितर्फ लक्ष्मी श्रेष्ठ, दिव्यज्योति आधारभूत विद्यालय तर्फ अपिल भुसाल, राधिका सिंजाली, पृथ्वी मा.वि तर्फ स्नेहा न्यौपाने, अमर ईङ्लिस स्कुल तर्फ निखिल जैसवाल, कालिका मा.वितर्फ सौरभ राउल, मन्जिला श्रेष्ठ, जनज्योति नमुना मा.वितर्फ अन्जु श्रेष्ठ, जनज्योति मा.वितर्फ पुजा सुवेदी, अंकित जैसी, संगित रानाभाट, मूनलाईट आदर्श पब्लिक एकेडेमीतर्फ अनुश्री श्रेष्ठ र देवचुली मा.वितर्फ प्रेरणा काफ्ले सम्मानित भएका छन् ।
एस.ई.ई २०७९ मा सर्वाेत्कृष्ट विद्यार्थीहरु तर्फ विश्वज्योति मा.विकी कृतिका काफ्ले, जनज्योति मा.वितर्फ प्रविन काफ्ले, एस.एल.सी. कक्षा १२ मा सर्वोेत्कृष्ट विद्यार्थीका रुपमा देवचुली मा.विकी कृशला शर्मा सम्मानित भएका छन् । यस्तै विद्यार्थी हाजिरी जवाफ प्रतियोगितामा आधारभूत तह कक्षा १ देखि ५ सम्ममा प्रथम हुने भृकुटी ईङ्लिस बोडिङ्ग स्कुल तर्फ पविता वान्टकी, सुप्रिम भुसाल, विशेष काफ्ले, द्धितीयतर्फ वरचुली मा.विका शिरिषा सुवेदी, प्रज्ञान खनाल, सिर्जल गैहे र तृतीय तर्फ पृथ्वी मा.विका दिशान्त भुसाल, महिमा थनेत, दिवस आचार्य सम्मानित भएका छन् ।
आधारभूत तहको कक्षा ६ देखि ८ सम्मतर्फ भीमसेन आदर्श मा.विका निशाना भुसाल, सन्देश तिवारी, स्पर्स डिस्वा, द्धितीयतर्फ नेपाल माध्यमिक विद्यालयतर्फ सुवासना ढकाल, रेगन पुडासैनी, आर्जन अधिकारी र तृतीयतर्फ सकला माध्यमिक विद्यालयका रिजन राना, पवन भण्डारी आकृति चापागाई सम्मानित भएका हुन् ।
माध्यमिक तहको कक्षा ९ देखि १० तर्फ प्रथम हुनेमा भीमसेन आदर्श मा.विका सौगात दवाडी, मनिका बसेल, अपिल भुसाल, द्धितीय तर्फ सकलादेवि मा.विका पूजा कण्डेल, एलन खड्का, प्रवेश पाण्डे र तृतीयतर्फ नेपाल मा.विका प्रशान्त अर्याल, सुलभ ज्ञवाली र अमिशा न्यौपाने सम्मानित भएका छन् ।
यसैगरि देवचुली नगरपालिकामा उत्कृष्ट चित्रकलातर्फ विश्वज्योति मा.विका विपिन पाण्डे सम्मानित भएका छन् भने उत्कृष्ट खेलाडी विद्यार्थीतर्फ वरचुली मा.विकी सेनु परिवारलाई सम्मान गरिएको छ । यो सहित देवचुलीका विभिन्न सामुदायिक र संस्थागततर्फका ६३ विद्यार्थीलाई नगद, प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै स्तरीकृत परीक्षा २०७९ मा सर्वाेत्कृष्ट विद्यालय मध्य मनकामना आधारभूत विद्यालय, आधारभूत तह उत्तीर्ण परीक्षा २०७९ मा सर्वाेत्कृष्ट विद्यालयतर्फ नेपाल मा.वि, एस.ई.ई २०७९ मा सर्वाेत्कृष्ट विद्यालयतर्फ विश्वज्योति मा.वि सम्मानित भएको छ ।
यता देवचुली नगरपालिकाका विभिन्न विद्यालयका गरि १७ जना शिक्षकलाई सम्मान गरिएको छ । जसमा स्तरीकृत परीक्षा २०७९ मा सर्वाेत्कृष्ट विषय शिक्षक तर्फ मनकामना आधरभूत विद्यालयका अम्बिका भुसाल, रोशन सोती, दिव्य एकेडेमीतर्फ सिता सुनार, दिव्यज्योति आधारभूत विद्यालयतर्फ धर्मागत पराजुली, जनज्योति माध्यमिक विद्यालयतर्फ श्यामलाल न्यौपाने सम्मानीत भएका छन् ।
यसैगरि आधारभूत तह उतीर्ण परीक्षा २०७९ मा सर्वाेत्कृष्ट विषय शिक्षकतर्फ कालिका मा.विका मञ्जु नेपाली परियार, पृथ्वी मा.विका विजय कुमार सारु, ध्रुवराज रेग्मी, विश्वज्योति मा.विका मदन भण्डारी र सकलादेवि मा.विका राज कुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।
एस.ई.ई २०७९ मा सर्वाेत्कृष्ट विषय शिक्षकतर्फ जनज्योति मा.विका इश्वरी खनाल, विश्वज्योति मा.विका रामकुमार वराइली, मदन भण्डारी, शंकर शर्मा सुवेदी र देवचुली मा.विका हेरा बहादुर खत्री सम्मानीत भएका छन् ।
यसैगरि सर्वाेत्कृष्ट बाल विकास सहजकर्ताका रुपमा वरचुली मा.विका नानु माझी, शिक्षक हस्तलेखन प्रतियोगितामा सर्वाेत्कृष्ट शिक्षकतर्फ दिव्य एकेडेमीका निरमाया गाहा मगर, वरचुली मा.विका डिल प्रसाद तिवारी सम्मानीत भएका छन् ।
यस्तै सर्वाेत्कृष्ट विद्यालय कर्मचारीतर्फ भीमसेन मा.विका पवित्रा अधिकारी र सर्वाेत्कृष्ट लेखापालतर्फ जनज्योति नमुना मा.विका विष्णु प्रसाद गौतम सम्मानीत भएका छन् ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, नगर प्रवक्ता तिल प्रसाद काफ्ले, सामाजिक विकास समितिका संयोजक भूमिसरा आले, विभिन्न वडाध्यक्षहरु प्रतिनिधित्व गर्दै देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेल, नगर शिक्षा समिति सदस्य शिव प्रसाद देवकोटा, बालमैत्री परामर्शादाता खिमानन्द भुसाल, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरु माध्येवाट जनज्योति मा.विका अध्यक्ष बद्रिनाथ बसेल, प्रधानाध्यापकहरुको तर्फबाट अमर ईङ्लिस बोडिङ स्कुलका प्र.अ पदम बराल र जिल्ला बाल संजालका अध्यक्ष कृशला शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, नाटक ,गित प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले गर्नुभएको थियो । 






