देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।
साकोसको निर्वाचन तालिका बमोजिम आश्विन १० गते सचिवका उम्मेदवार होमनाथ जैसी र सदस्यका उम्मेदवार राम प्रसाद चापागाँईले आफ्नो उम्मेद्वारी फिर्ता लिए सँगै अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले जानकारी दिएका छन्।
यो सँगै समितिको १६ पदको लागी २० जनाको उम्मेद्वारी दर्ता भएको छ जसमा सञ्चालक समितिमा १७ जना र लेखा तथा सुपरीवेक्षण समितितर्फ ३ जनाको उम्मेदवारी दर्ता भएको छ।
यो सँगै साकोसको सञ्चालक समितिको अध्यक्ष पदमा काशिराम काफ्ले र तुलमणी पौडेल गरि दुईजना, उपाध्यक्षमा प्रेमा कुमारी खनाल र चुडामणि तिमिल्सिना गरि दुईजना, सचिवमा डिलाराम पाण्डे , कोषाध्यक्षमा जगन्नाथ अर्याल कोषाध्यक्ष र सदस्यहरूमा लिलाधर अधिकारी, खगेन्द्र पराजुली, विष्णु देवी श्रेष्ठ, क्या शेर बहादुर केसी, लीलादेवी शर्मा, देवेन्द्र भट्टराई, नवराज पोख्रेल, रमेश प्रसाद भुर्तेल, कान्तिमाया गिरी, यमकला शर्मा र रोशन कुमार राउत लगायतका रहेका छन्।
यसैगरी लेखा तथा सुपरीवेक्षण समिति तर्फको संयोजकमा सुरेन्द्र रिजाल र सदस्यमा अञ्जु लुँइटेल र सुनिल न्यौपाने गरि दुईजनाको उम्मेदवारी दर्ता भएको छ।