देवचुली,
अन्तराष्ट्रिय युवा दिवस २०७६ अन्तर्गत शुभ प्रभात समाज र बिशोष देवचुली नगरपालिकाको आयोजनामा वृद्धवृद्धाहरुलाई खाना खुवाउने तथा सम्मान कार्यक्रम शानिबार सम्पन्न भएको छ । कार्यक्रममा कावसोती १२ मा रहेको रोटरी आमा सम कुमारी प्रधान वृद्धाअश्रममा र लक्ष्मी नारायण वृद्धाअश्रममा रहेका २० जना खाना खुवाउने कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता शुभ प्रभात समाजका अध्यक्ष कृष्ण वाग्ले गर्नुभएको थियो भने प्रमुख आथिती देवचुली नगरपालिकाका बाल मैत्री परामर्शदाता खिमानन्द भुसाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले सामाजलाई राम्रो बनाउन युवाहरुको भुमिका सकारात्मक भएकाले वृद्धा आमाबुबाको लागि यस किसिमको कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आफुले सधै सकेको सहयोग गर्ने बताउनुभएको थियो ।
यस्तै शुभप्रभात सामाजको दोस्रो चरणको कार्यक्रममा युवा उधमीहरुलाई सम्मान शानिबार सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता शुभ प्रभात समाजका अध्यक्ष कृष्ण वाग्ले गर्नुभएको थियो भने प्रमुख अतिथी देवचुली नगरपालिका नगर उपप्रमुख प्रमुख पार्वता तिवारीले गर्नुभएको थियो । त्यस्तै विशिष्ट अतिथीका रुपमा वडा नं १, २, ३, ४, ५ का वडा अध्यक्ष, दिब्यपुरी खानेपानी तथा सरसफाई उपभोतmा समितिका अध्यक्ष तिल प्रसाद पाठक, नगरपालिका स्तरी युवा तथा खेलकुद बिकास समितिका उपाध्यक्ष सुभाष ओझा, समाजसेवी, बुद्धिजिवी लगायतको उपिस्तथीमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १ देखि ५ वडाबाट ५रु ५ जना गरि २५ जना युवा उधमीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले युवाहरु विदेशीनु भन्दा स्वदेशमा केही गरे मनग्य आम्दानी गर्न सक्ने बताउदैँ स्वदेशमा रहेका युवाहरुलाई नेपालमै बसेर धेरै काम गर्न सकिने र परदेश नजान आग्रह गर्नुभएको थियो । कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण संघीय नमुना युवा सासंद एबम शुभप्रभात समाजका सचिव सुशील चापागाईले गर्नुभएको थियो ।
यस्तै शुक्रबार सुरु भएको भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम हुन सफल भएको छ देवचुली ७ र दोस्रो हुन सफल भएको छ जलदेवि युवा क्लब देवचुली ५ । प्रथम हुने क्लबलाई रु ५००० पुरस्कार र प्रमाण पत्र मेडल र ट्रफि र दोस्रो हुने क्लबलाई रु ३००० पुरस्कार प्रमणपत्र मेडल र ट्रफिका साथ सम्मान गरिएको थियो । कार्यक्रम संयोजन नबु आचार्यले गर्नुभएको थियो ।