देवचुली
५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुली नगरपालिकामा कविता प्रतियोगिता सम्पन्न गरिएको छ। देवचुली नगरपालिका महिला तथा बालबालिका शाखाको संयोजन तथा नगर बाल सञ्जालको आयोजनामा नगर स्तरीय मावी तहको कविता प्रतियोगिताको आयोजना गरिएको हो। बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ देशभर मनाईएको राष्ट्रिय बाल दिवसमा देवचुलीमा कविता प्रतियोगिता गरेर मनाईएको हो। कविता प्रतियोगितामा नगरभित्रका १२ वटा विद्यालय ९सामुदायिक तथा संस्थागत० को सहभागीता रहेको थियो।
प्रतियोगितामा पशुपति साङ्गवेद संस्कृत आवसीय माध्यमिक विद्यालयका गौरव पाण्डे प्रथम, नेपाल नमुना माध्यमिक विद्यालयका सौर्य पौडेल द्वितीय हुन सफल भएका छन् । यसैगरी भीमसेन आदर्श माध्यमिक विद्यालयकि निशा सारु मगर तृतीय र अमर इङ्लिस बोर्डिङ्ग स्कुलकी विस्मिता अधिकारी सान्त्वना हुन सफल भएकी छिन। प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालयकी विशेषता न्यौपाने, बरचुली माध्यमिक विद्यालयकि सुनिता वि।क।, देवचुली माध्यमिक विद्यालयकि मनिका लम्साल, कालिका माध्यमिक विद्यालयकि सीता वि।क।, वाइज भिजन बोर्डिङ्ग स्कुलकी प्रिन्सा श्रेष्ठ, जनज्योति माध्यमिक विद्यालयकि प्रशंसा काफ्ले, वैदिक कर्मकाण्ड गुरुकुलका विपिन लम्साल र विश्वज्योती सेकेण्डरी स्कुलकी सुमी केसीको पनि सहभागिता रहेको थियो। प्रतियोगिताकि निर्णायकमा साहित्यकारद्व्य कृष्णादेवी शर्मा श्रेष्ठ र आदर्श सुशील रहनुभएको थियो।
औपचारिक कार्यक्रमको अध्यक्षता नगर बाल सञ्जालकी अध्यक्ष आस्था अधिकारीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नगर प्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले कविताले मानिसलाई सत्कर्म सिकाउने र ज्ञान दिने भएकाले कविताको गहिराई जो कोहीले बुझ्न नसक्ने बताउनुभयो। उहाँले बाल दिवसको अवसरमा नगरका बालबालिकाका शुभकामना ब्यक्त गर्दै विद्यार्थीहरुको प्रतिभा पहिचानका लागि यस किसिमका कार्यक्रम महत्त्वपूर्ण रहने बताउनुभयो।
कार्यक्रममा नगर शिक्षा अधिकृत रामप्रसाद शर्मा, देवचुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री ुरामु, वडा नं ७ का वडाध्यक्ष भुमिसरा आले, वडा नं ८ का वडाध्यक्ष नुनप्रसाद बाचे लगायत कार्यपालिका सदस्यहरु एवं शिक्षा प्राविधिक देवराज काफ्ले, नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो। महिला तथा बालबालिका शाखाकी प्रमुख बिमला लम्सालले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण नगर बाल सञ्जालका सचिव प्रितम कार्कीले गर्नुभएको थियो ।
देवचुली नगरपालिका गण्डकी प्रदेशको पहिलो र नेपालकै दोश्रो बालमैत्री नगरपालिका हो।