देवचुली,
पछिल्लो समयमा बालबालिका माथि विभिन्न किसिमका हिंसा, दुव्यवहार बालविवाह, साईबर क्राइम जस्ता घटनाहरु घटिरहेको पाईएको छ । यस्ता घटनाहरुको अन्त्य गर्नको लागि देवचुलीका किशोरीहरु भने स्वंयम आफु द्धारा विधालयमा सचेतना तालिमहरु संचालन गरिरहेका छन् । जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानलनको सहयोगमा सञ्चालन भइरहेको बालिका सशतिmकरण र सक्छिन् छोरी कार्यक्रमका किशोरीहरुले तालिम लिईसकेपछि विभिन्न बिषयमा विधालय, गाँउघरमा तालिमहरु संचालन गरिरहेको जागृति बाल तथा युवा सरोकार नेपालकी कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो ।
उतm कार्यक्रम देवचुली १३ दलदले बजारमा रहेको मुनलाईट आदर्श माध्यमिक विधालयमा शुक्रबार सम्पन्न भएको छ । कक्षा ८ र ९ का किशोरकिशोरीहरुलाई तालिम संचालन गरिएको थियो । कार्यक्रममा बिशेष गरि बालिका सशतिmकरण महिनावारी, द्धन्द र हिंसा, आत्म रक्षा, बालविवाह, तथा नेतृत्व विकास सम्बन्धी छलफल गरिएको थियो । बालबालिकाहरुले सामाजिक संचारमाध्यमको कसरी प्रयोग गर्ने, समाजमा हुने द्धन्द र हिँसालाई कसरी अन्त्य गर्ने, बालविवाहको रोकथाम कसरी गर्ने जस्ता बिषयमा तालिम संचालन गरिएको किशोरी सशतिmकरण कार्यक्रमकी अभियान्ता किशोरी सुमिना कुमालले बताउनुभयो । तालिममा किशोरकिशोरीहरुलाई विभिन्न खेलको माध्यमबाट तालिम दिईएको थियो ।
पछिल्लो समयमा बालबालिकाहरुलाई समाजमा भएका विकृतीहरु बोध हुन आवश्यक रहेको र बालबालिका माथि हुने विभिन्न समस्याहरुको अन्त्य गर्नको लागि यस किसिमका तालिमहरु आवश्यक हुनेभएकाले यसरी विधालयमा आएर तालिम संचालन गर्दा खुसी लागेको र विधार्थीहरुले पनि धेरै कुरा सिक्न पाएको नेपाली शिक्षक जिवन पराजुलीले बताउनुभयो ।
यस्तै तालिम सिकिसके पछि किशोरकिशोरीहरु सशतm देखिएका थिए तालिमले आफुहरुलाई परिचय गर्न सिकाएको, द्धन्द र हिंसाको बारेमा धेरै कुरा सिकाएको र आगामी दिनमा पनि यस्तै सचेतनामुलक तालिम पाउन पाए प्रभावकारी हुने बताएका थिए । तालिममा करिब ४५ जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण किशोरी अभियान्ता आशा वि.क, सुमिना कुमाल, मनिसा सुनारले गर्नुभएको थियो ।