देवचुली
पृथ्वी बौद्ध बिहार ( गुम्बा ) देवचुली ११ को अध्यक्षमा दल सिंह पुलामी सर्वसम्मत चयन भएका छन्। आज शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशन मार्फत पुलामीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको छ।
नव निर्वाचित समितिमा अध्यक्षमा पुलामी सँगै उपाध्यक्षमा देउमाया गन्दर्मा मगर , सचिवमा उमा ठाडा मगर , कोषाध्यक्षमा भीमसेन पुलामी , सहसचिवमा आरति वाचे रहेका छन्।
सदस्यहरूमा तुलसीमाया ठाडा , बुद्धिमाया सिँजाली , युग कुमारी सुस्लिङ , यम कुमारी वान्टकि , राम कुमारी परियार , यममाया आले , दिल कुमारी लुङ्गेली र भीम कुमारी पुलामी लगायतका रहेको निर्वाचन मण्डलका संयोजक चित्तल सिं रानाले बताएका छन्।
बिहारका अध्यक्ष जसबिर पुलामीको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्ले , भुमिदाता सोभा लुङ्गेली , नेपाली कांग्रेसका नगर सभापति डिल्लीराम कडरिया , वडा सदस्यहरू , विभिन्न राजनीतिक दलका वडाका प्रतिनिधिहरूहरू सँगै स्थानियहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले बिहारको संरक्षण गर्दै आफ्नो जिम्मेवारी र कर्तव्यलाई नभुलीकन कार्य सम्पादन गर्न आग्रह गरेका थिए।