देवचुली
देवचुली नगरपालिकामा माध्यमिक तथा आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। दुवै तहको प्रतियोगितामा भीमसेन आदर्श नमुना मावि देवचुली ७ रामबास प्रथम हुन सफल भएका छन्।
शनिबार देवचुली नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भीमसेन आदर्श नमुना माविमा सञ्चालन भएको माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेको थियो। उक्त प्रतियोगिता भीमसेन आदर्श नमुना मावि प्रथम , सकला मा.वि कदमपुर द्वितीय र नेपाल मा.वि. तृतीय भएका हुन् । प्रतियोगितामा भीमसेन आदर्श नमुना माविबाट सौगात दवाडी , मनिका बसेल र अपिल भुसाल संगै सकलादेवी माविबाट पुजा कँडेल , एलन खड्का र प्रवेश पाण्डे तथा नेपाल माविबाट प्रशान्त अर्याल , सुलभ ज्ञवाली र अमिशा न्यौपानेको सहभागिता रहेको थियो।
यता नेपाल मावि केउरेनिमा सम्पन्न भएको आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा २१ वटा विद्यालयको सहभागिता रहेको थियो। यता नेपाल मावि केउरेनिमा सम्पन्न भएको निमावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा २१ वटा विद्यालयको सहभागिता रहेको थियो। यस प्रतियोगितामा भीमसेन आदर्श नमुना मावि रामबास प्रथम , नेपाल मावि केउरेनि द्वितीय तथा सकलादेवी मावि कदमपुर तृतीय भएका छन्। कार्यक्रममा भीमसेन आदर्श नमुना माविबाट निशान भुसाल , सन्देश तिवारी र स्पर्स दिस्वा ,नेपाल मा.विबाट सुवास्ना ढकाल , रेगन पुडासैनी र आर्जन अधिकारी तथा सकला मा.वि कदमपुरबाट रिजन राना , पवन भण्डारी र आकृति चापागाईको सहभागिता रहेको थियो।
विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्ने साथै सामान्य ज्ञानमा बालबालिकालाई समावेश गराउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि विद्यालयका प्रधानाध्यापक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताको पुरस्कार वितरण आउँदो राष्ट्रिय शिक्षा दिवसको दिन गरिनेछ ।