मध्यबिन्दु
मध्यबिन्दु नगरपालिकाले समृद्ध मध्यबिन्दु , खुसी नगरवासीको मूल नारा सहित विकासका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। नगरपालिकाका मेयर भिमलाल अधिकारीले आज बुधबार पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उक्त कुराको जिकिर गर्नुभएको थियो।
साथै अधिकारीले नगरपालिकाले पूर्वाधार सँगै मानवीय विकासको क्षेत्रमा बढी प्राथमिकता दिएको बताउनुभएको थियो।
पत्रकारसँगको अन्तरकृयामा अधिकारीले शब बाहन तथा एम्बुलेन्सको व्यवस्था , स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने , शिक्षाको क्षेत्रमा देखिएका हरेक समस्याहरूको समाधान सँगै स्थानीय पाठ्यक्रमको व्यवस्था , नारायणी तटबन्धन, कृषि तथा कृषकको समस्या समाधान तथा सडक तथा खानेपानीको समस्या तथा समाधान लगायतको विषयमा बताउनुभएको थियो।
यो सँगै पालिकाले ठूला पूर्वाधार निर्माणहरुलाई प्राथमिकतामा राखेर बहुवर्षीय योजना मार्फत पूर्वाधार विकासको काम भइरहेको भन्दै उहाँले नगर अस्पताल, अरुणखोलामा सभाहल, कोल्हुवामा बजार बिस्तारको काम अगाडि बढेको बताउनुभयो ।
मध्यबिन्दु नगरपालिका रहेका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको लागि नगरपालिकाबाट नापीको काम भइरहेको भन्दै अब नगरभित्रका भूमिहीन सुकुमबासीहरूको समस्या समाधान हुनेमा विश्वस्त हुन सबैमा आग्रह गर्नुभएको थियो।
मध्यबिन्दु नगरपालिकाले आन्तरिक सुशासनलाई प्राथमिकता राख्दै सार्वजनिक सुनवाईलाई नियमित गर्दै आएको , समाजिक परिक्षण लगायतको काम समेत गरिरहेको भन्दै त्यसैको निरन्तरताको रुपमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।