देवचुली,
देवचुलीमा रहेको प्रगतीनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै तेस्रो उत्कृष्ट खानेपानी संस्था बनेको छ । बुधबार देवचुली नगरपालिकाको कार्यलयमा आयोजित बार्षिक प्रतिवेदन सार्वजानिक कार्यक्रममा सो कुरा बताईएको हो । पत्रकार सम्मेलन गरि २०७५ सालमा निर्वाचित कार्यसमितिले गएको १ वर्षमा गरेको कामको विवरण सार्वजानिक गराईएको हो । कार्यक्रममा प्रगतिनगर खानेपानी तथा उपभोक्तासंस्थाका अध्यक्ष खिमानन्द भुसालले १ बर्षमा गरेका कार्य बारे जानकारी गराउनुभएको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष भुसालले १ बर्षमा ३ सय धारा जडान गरेको, संस्थाको नीति अनुसार नेपाल सरकारबाट अपाङ्गता परिचय पत्र प्राप्त ब्यतिm र परिचय पत्र वाहकको नाममा जग्गाको लालपुर्जा भएका ४ जनालाई निशुल्कधारा वितरण गरिएको, खोला देखि इन्टेक सम्म पक्की नाली निर्माण सम्पन्न, नेपाल सरकारको ९० प्रतिशत र देवचुली नगरपालिकाको १० प्रतिशत लागत पर्ने गरी तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत करिब ४ करोडको योजना पार्ने काम सम्पन्न, ह्याप्पी एफ.एम सँग सहकार्य गरी पाक्षिक रुपमा जलधारा कार्यक्रम संचालन गरिएको, छिमेकी विशालटारलाई अस्थाई धारा जडान गरि खानेपानी आपूर्तिमा सहयोग गरिएको, राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय गणेश तिमिल्सेना, गण्डकी प्रदेशकाआन्तरिक मामलिा मन्त्री माननीय हरिबहादुर चुमान, प्रदेश सांसद माननीय रोशन गाहा मगरबाट खानेपानीको अवलोकन भ्रमण । त्यस्तै २०७५ मा धारापानी ट्याङकी तथा बोरिङ उद्घाटन माननीय खानेपानी मन्त्री बिना मगर द्धारा उद्घाटन गरेको, सरसफाई अन्र्तगत १२ विपन्न परिवारलाई शौचालय निर्माणमा सहयोग गरेको र देवचुली नगरपालिका, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, परासी, नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरा, आर्थिक वर्ष २०७रु०७७ का लागि संघीय सरकारबाट रु ७० लाख स्वीकृत भएको , नेपाल विधुत प्राधिकरण कावसोती , वासमिप, देनपा १५, खानेपानी विभाग, तराई मधेश समृद्धि कार्य तथा योजना समेत गरी ८ करोड ६२ लाख ५० हजार प्राप्त जस्ता ५६ काम गरेको, र अबको सालमा त्यसको दोब्बर काम गर्ने प्रतिबद्धता गर्दै आम उपभोक्ताको केही सुझाव आए त्यसलाई छिटो नै व्यवस्थित गरि अघि बढने साथै नेपालको नमुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बनाउने प्रयासमा रहेको बताउनुभयो । कार्यक्रममा खानेपानी संस्थाले विभिन्न समयमा अध्यान अबलोकन भ्रमण गरि अन्य क्षेत्रका खानेपानी योजनाका कार्यशैली र उपभोतmालाई सजिलो संग खानीपानी वितरण गर्ने बारे जानकारी हासिल गरेको थियो । यस्तै खानेपानी संस्थालाई प्रविधी मैत्री र संचारमैत्री बनाउने उदघोष गर्नुभयो ।
यस्तै पत्रकार सम्मेलनमा देवचुली नगरपालिका भित्र २ वर्षको अवधिमा सबैको घरमा स्वच्छ खानेपानी पु¥याउने अभियान रहेको देवचुली नगरपालिकाका उप्रमुख पार्वता तिवारीले जानकारी गराउनुभयो । उपप्रमुख तिवारीले एक बर्षको अविधिमा प्रगतिनगर खानेपानीले उपभोक्ताको हितमा काम गरेको र अबको दिनमा पनि उपभोक्ता मैत्री भएर काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, प्रगतिनगर खानीपानीका पुर्व अध्यक्ष पर्शुराम रेग्मी, सचिव इन्द्रमणि भुसाल , कार्यालय प्रमुख पुमकान्त बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।