नवलपुर, भाद्र ५
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी स्थित घ्यु खोलामा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाण्डौंका लागि छुटेको सु.प.प्र. ०१ –००१ख २९८६ नम्बरको बस ब्रेक फेल भएर सडक छेउमा पल्टिएको हो ।
विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्ने स्थित घ्यु खोलामा आज बिहान तीन बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरा मुक्त रहेको उहाँको भनाई छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।
घाईतेहरुको नामावली:
चालक(जिल्ला कैलाली धनगडी उ.म.न.पा.१ बस्ने बर्ष ४९ को मित्र सिंह खड्का वाँया खुट्टाको साप्रामा चोट सामान्य ।
ऐ.ऐ. लम्किचुवा न.पा.-०५ बस्ने बर्ष ५८ को पहलसिंह रावल ( दुबै खुट्टामा चोट) अबस्था सामान्य
ऐ.जैसीपुर गा.पा.-१ बस्ने बर्ष ३० को दिपक ब.बोहोरा वाँया हात,खुट्मा चोट मध्यम ।
ऐ.ऐ. टिकापुर न.पा.-०१ बस्ने बर्ष ३० को करन साउद (नाक,बाँया हातको कुममा चोट) अबस्था सामान्य
ऐ.लम्किचुवा न.पा.-०१ बस्ने बर्ष २९ को अमर रावत (बाँया गाला बाँया खुट्टा र कम्मरमा चोट ) अबस्था सामान्य
जिल्ला बर्दिया मधुवन न.पा.-०२ बस्ने बर्ष १८ की शोभा चौधरी (दुबै खुट्टा र ओठमा चोट ) अबस्था सामान्य,
जिल्ला कैलाली टिकापुर न.पा.-१ बस्ने बर्ष १८ की पुजा चौधरी (बाँया खुट्टामा चोट) अबस्था सामान्य
ऐ.ऐ.लम्किचुवा न.पा.-०७ बस्ने बर्ष २९ को सुमन चौधरी (दाँया हात र दाँया खुट्टामा चोट) अबस्था सामान्य
ऐ.ऐ. टिकापुर न.पा.-५ जानकीनगर बस्ने बर्ष १६ की झरना देबकोटा (दाँया हात र दाँया खुट्टामा चोट) अबस्था सामान्य,
ऐ.ऐ. वडा नं ०१ बस्ने बर्ष २५ को तारा मान ओढ (छातिमा भित्री चोट) अबस्था सामान्य
ऐ.ऐ. जैसिपुर गा.पा.-०७ बस्ने बर्ष २३ को पूर्ण बहादुर नुल (बाँया हातमा चोट) अबस्था सामान्य दुम्किवास स्वा.चौकी न.प.दुम्किवास(पूर्व),
जिल्ला बर्दिया बारा बर्दिया न.पा।.-१० बस्ने बर्ष २० को प्रमोद थारु (बाँया खुट्टामा चोट) अबस्था सामान्य दुम्किवास स्वा.चौकी न.प.दुम्किवास(पूर्व),
जिल्ला कैलाली टिकापुर न.पा.- ०८ बस्ने बर्ष ३५ को झपड साउँद (टाउको दुबै खुट्टा र बाँया कुममा चोट) ।
ऐ.ऐ. ०१ बस्ने बर्ष २१ को बिर बहादुर थापा ( बाँया घुडा र छातिमा चोट ) अबस्था सामान्य
ऐ.ऐ. बस्ने बर्ष १९ की निलम ठकुल्ला (बाँया खुट्टा घाँटिमा चोट) अबस्था सामान्य
ऐ.ऐ.०५ बस्ने बर्ष २८ को महेश दर्लामी मगर (दाँया हात दाँया खुट्टा र घाँटिमा चोट ) अबस्था सामान्य
जिल्ला रौतहट नैपाल्का गा.पा.वडा नं ०८ बस्ने बर्ष २४ को फिरोज आलम (दुबै हात र कम्मरमा चोट) अबस्था सामान्य
सह-चालक ऐ.धनगडी उ.म.न.पा.-३ बस्ने बर्ष ३५ को तिलक फुलारा (दुवै खुट्टा र नाकमा चोट) मध्यम
जिल्ला कैलाली लम्किचुवा गा.पा.-१ बस्ने बर्ष १९ को दिपेस थापा (वाया खुट्टा ढाडमा भित्रि चोट) मध्यम ।
ऐ.टिकापुर न.पा.- १ बस्ने बर्ष १७ को रिचल चन्द (टाउकोमा चोट) मधयम ।
ऐ.जैसीपुर गा.पा.-०४ बस्ने बर्ष २८ को सुरेन्द्र महरा (बाँया हात र छातिमा चोट) अबस्था मध्यम
ऐ.टिकापुर न.पा.-०१ बस्ने बर्ष ७० की लाली बि.क.(बाँया खुट्टामा चोट ) अबस्था मध्यम
ऐ.ऐ. बस्ने बर्ष २५ कि अनिता बि.क.(बाँया खुट्टामा चोट ) अबस्था सामान्य
ऐ.ऐ. बस्ने बर्ष २२ को आकास बि.क. ( दुबै खुट्टामा चोट) अबस्था सामान्य
ऐ.टिकापुर न.पा- ५ बस्ने बर्ष ३१ को कुर बहादुर दर्लामी मगर (लिङग ,साप्रा र दाँया करङमा चोट) अबस्था मध्यम
ऐ.ऐ. बस्ने निजकै छोरी बर्ष ६ की रश्मी दर्लामी मगर (दाँया हात र टाउकोमा चोट) अबस्था मध्यम
ऐ.ऐ. लम्किचुवा न.पा-०७ बस्ने बर्ष ७१ को माया प्रसाद न्यौपाने (बाँया खुट्टामा चोट) अबस्था सामान्य,
ऐ.ऐ. वडा नं ०२ बस्ने बर्ष ३३ को रामकृष्ण चौधरी (बाँया खुट्टा र लिङगमा चोट) अबस्था मध्यम,
ऐ.ऐ. वडा नं ०५ बस्ने बर्ष २४ को चिरन कुमार चौधरी ( बाँया गाला बाँया आँखा,बाँया खुट्टामा चोट ) अबस्था सामान्य
यो समाचार नवलपुरप्रेसका लागि दयाराम आचार्यले लेख्नुभएको हो।