काठमाडौं
नेपालसँगै एकै समूहमा रहेको भारतले एसिया कपका लागि टोलीको घोषणा गरेको छ । बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ ।भारतको टोलीमा दुई प्रमुख ब्याटर केएल राहुल र श्रेयर अय्यर टोलीमा फर्किएका छन् ।
भारतीय एकदिवसीय टोलीमा जसप्रित बुमराह, केएल राहुल र श्रेयस अय्यरले पूनरागमन गरेका हुन् ।तिलक बर्माले पहिलो पटक एकदिवसीय टोलीमा मौका पाएका हुन् ।भारतले पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।
विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् ।दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।सुपर फोरमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ ।
भारतीय टोली
रोहित शर्मा -कप्तान , विराट कोहली, ईशान किशन, शुभमन गिल ,केएल राहुल, श्रेयर अय्यर, तिलक बर्मा, सुर्य कुमार यादव, हार्दिक पान्ड्या -उपकप्तान,रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, प्रसिद्ध कृष्णा,मोहम्मद सिराज