देवचुली,
देवचुली १ मा रहेको नारायणी दिव्यधाम मन्दिर परिसरमा फलफुलका विरुवा रोपिएको छ । शनिबार लायन्स क्लब अफ देवचुली सप्तरंगीको आयोजनामा मन्दिर परिसरमा विभिन्न जातका फलफुलका विरुवा रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा मन्दिर परिसरमा करिब ७७ वटा विभिन्न जातका फलफुलका विरुवा रोपिएको थियो । लायन्स क्लब अफ देवचुली सप्तरंगी, लायन्स क्लब अफ दिव्य, लायन्स क्लब अफ रजहर सिटी, लायन्स क्लब अफ गैंडाकोट वयस्ट सिटिको आयोजनामा वक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
लायन्स क्लब अफ देवचुली सप्तरंगीका अध्यक्ष तुलमणी पौडेल (टि.एम) को अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमको प्रमुख आतिथ्यता नारायणी दिव्यधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद पाठकको प्रमुख आतिथ्यता रहेको थियो । वक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाठकले लायन्सले फलफुलका विरुवा रोप्नका लागि दिव्यधाम जस्तो पवित्र स्थल रोजेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उहाँले दिव्यधाम मन्दिरलाई यहाँको धार्मिक र पर्यटकीय रुपमा अगाडि बढाउने क्रममा लायन्सले फलफुलका विरुवा रोपेर सहयोग गरेकोमा आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लायन्स क्लब अफ देवचुली सप्तरंगीका प्रेसिडेन्ट तुलमणी पौडेल, लायन्स क्लब अफ दिव्यका प्रेसिडेन्ट नविन पौडेल, लायन्स क्लब अफ रजहर सिटीका प्रेसिडेन्ट सन्तोष थापा, लायन्स क्लब अफ गैंडाकोट वयस्ट सिटिका प्रेसिडेन्ट विष्णु प्रसाद सुवेदीले लायन्सले दिव्यधाममा वृक्षारोपण गरि यहाँको धार्मिक क्षेत्रलाई उकास्ने काम गरिरहेको बताएका थिए ।
साथै उनीहरुले आगामी लायन्सका बैठक कुनै होटलमा नभई यस धार्मिक स्थल दिव्यधाममा आएर गर्ने बताएका थिए । रोपिएका विभिन्न जातका फलफुलका विरुवाको संरक्षणका लागि लायन्स लागि पर्ने क्लबका प्रेसिडेनटहरुले बताएका थिए ।
वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।