देवचुली
थाइल्याण्डमा सम्पन्न भएको ३६ औं विश्व सेपाकताक्रो किंग्स् कप च्याम्पियनसिप प्रतियोगितामा नेपालले पुरुष र महिला समुह गरि दुवैमा तेस्रो स्थान प्राप्त गरेको छ। आज आइतबार सम्पन्न खेलमा पुरुष समुहले अमेरिका र महिला समुहले चाइना ताइपेइलाई पराजित गर्दै तेस्रो स्थानमा रहन सफल भएको हो।
उक्त खेलमा पुरुष समुहले क्वार्डतर्फ र महिला समुहले रेगु तर्फको तेस्रो स्थानको उपाधि उचालेको हो। जुलाई ९ देखि १६ तारिखसम्म आयोजित प्रतियोगितामा नेपालबाट ११ खेलाडी सहित १७ सदस्यीय टोली गत असार २२ गते थाइल्याण्ड गएका थिए। उक्त ११ खेलाडी मध्य ३ पुरुष र २ महिला गरि ५ जना खेलाडी नवलपुरको देवचुली नगरपालिकाका रहेका छन्।
पुरुष खेलाडीमा देवचुलीका विजय महतो, निरू थापा मगर, विपिन थनेत, पदमबहादुर थापा मगर र प्रतिक्षा थनेत सहित , उमेश बहादुर महतो, दिपेश जङ्ग थापा, सुजन थिङले सहभागी जनाउँदै छन् भने महिला खेलाडीमा देवचुलीका निरु थापा मगर र प्रतिक्षा थनेत सहित इनु चौधरी, सुमित्रा डंगोल, नैना राना मगरले सहभागिता जनाएका थिए।
टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, टिम म्यानेजर शिव प्रसाद देवकोटा, याम बहादुर गुरुङ, टिम कोच ढाकाराम भट्टराई र रेफ्रि सञ्जिन थापा मगर रहेका छन् ।