देवचुली,
राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) को नतिजा बिहिबार ४ बजे सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजामा नवलपुरको देवचुलीमा गत बर्षको तुलनामा राम्रो रहेको छ । देवचुली नगरपालिकाका १० वटा सामुदायिक विद्यालय र ६ वटा संस्थागत विद्यालयका १ हजार ९८ जना विद्यार्थीहरुले एस.ई.ई परीक्षामा सहभागिता जनाएका थिए ।
जसमा सामुदायिक विद्यालयतर्फ देवचुली १६ मा रहेको देवचुली माध्यमिक विद्यालय र देवचुली १५ मा रहेको विश्वज्योति माध्यमिक विद्यालयले नगरभित्र नै उच्च जि.पि.ए ल्याउन सफल भएको छ । सामुदायिकतर्फ देवचुली मा.विका प्राविधिकधारका कुशल अधिकारी र रोमन खरेलले ३.९२ जि.पि.ए ल्याएर उत्कृष्ट भएका छन् भने संस्थागत विद्यालयतर्फ विश्वज्योति मा.विका कृतिका काफ्लेले ३.९५ जि.पि.ए ल्याएर नगरमा नै उत्कृष्ट हुन सफल भएका हुन् ।
यसैगरि सामुदायिक विद्यालयतर्फ भीमसेन माध्यमिक विद्यालयकी छात्रा गुराँस लामिछाने नगरमा मात्र नभई जिल्ला प्रथम भएकी छिन् । उनले ३.९ जि.पि.ए प्राप्त गरि सामुदायिक विद्यालयका छात्राहरुतर्फ जिल्ला भित्रकै प्रथम हुन सफल भएकी हुन् ।
यसैगरि देवचुली मा.विका दिप्सन कंडेलले ३.८५ जि.पि.ए, नेपाल मा.विका सुश्मा चौधरीले ३.७५, सकलादेवि मा.विका समिर डुम्रेले ३.६५, जनज्योति नमुना मा.विका अर्जुन ढकालले ३.५५, वाइजभिजन ईङ्लिस स्कुलका शिवानी चालिसेले ३.९, अमर ईङ्लिस बोडिङ्ग स्कुलकी सोनिक भुसालको ३.९, जनज्योति मा.विका प्रविन काफ्ले ३.९, पृथ्वी मा.विका प्राविधिकधारका सन्ध्या के.सीले ३.८, कुमारवर्ती ईङ्लिस स्कुलका सुदिप न्यौपानेले ३.८, बरचुली मा.विका विशिष्ट मिश्र र मुकेश चौधरीले ३.७, मुनलाईट आदर्श पब्लिक स्कुलका कर्तव्य गौतमले ३.७ र न्यू नवल ईङ्लिस स्कुलकी श्रद्धा लम्साल ३.६, कालिका मा.विका मनिष श्रेष्ठ र मोनिका काफ्लेले ३.६ र पशुपति साङग्वेदका अनुप पौडेलले ३.०५ जि.पि.ए ल्याउन सफल भएका छन् ।
एस.ई.ई परिक्षामा सामुदायिक तर्फ ८ सय ५९, संस्थायततर्फ १ सय ७६ र प्राविधिकतर्फ ६३ जना विद्यार्थी सहभागि रहेको देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार गतबर्षको तुलनामा एस.ई.ई नतिजा देवचुलीमा राम्रो रहेको बताउनुभयो ।