देवचुली,
३६ औं विश्व सेपाकताक्रो किंङस् कप च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन ११ खेलाडी सहित १७ जना सदस्यीय नेपाली सेपाकताक्रो टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । खेलाडी मध्ये ३ पुरुष र २ महिला गरि ५ जना खेलाडी नवलपुरको देवचुलीका रहेका छन् । विजय महतो, निरु थापा मगर, विपिन थनेत, पदमबहादुर थापा मगर र प्रतिक्षा थनेत गरि ५ जना नवलपुरका खेलाडी सहित नवलपुर सेपक तक्रो सघका अध्यक्ष शिव प्रशद देवकोटा उअध्यक्ष ढाकाराम भट्टराई थाइलेढड प्रस्थान गरेका छन् ।
यसैगरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ्गले विश्व सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने ११ खेलाडी सहित १७ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभएको छ । जुलाई ९ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाउने भएका छन् । नेपालले पहिलो खेलमा बङ्गलादेशको सामाना गर्नेछ ।
पुरुष खेलाडीमा विजय थनेत, विपिन थनेत, पदमबहादुर ठाडा मगर, उमेशबहादुर महतो, दिपेश जंग थापा, सुजन थिङ्गले सहभागी जनाउँदै छन् भने महिला खेलाडीमा इनु चौधरी, सुमित्रा डंगोल, निरु थापा मगर, प्रतिक्षा थनेत, नैना राना मगरले सहभागीता जनाउँदै छन् । टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, टिम म्यानेजर शिव प्रसाद देवकोटा, ढा। याम बहादुर गुरुङ, टिम कोच ढाकाराम भट्टराई र रेफ्रि सञ्जिन थापा मगर रहेका छन् ।