नवलपुर
नेपाल राष्ट्रिय अभिभावक संघ नवलपुरको अध्यक्षमा युवराज वाग्ले निर्वाचित भएका छन्। शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशन बाट वाग्लेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ।
शिक्षा क्षेत्रमा देखिएको विकृत र विसंगतिलाई न्यूनीकरण गर्न गराउनको लागी बनेको यस सङ्घमा उपाध्यक्षमा लक्ष्मी बिक, सचिवमा दुर्गा भुसाल , सह उपसचिव सिता जिसी , कोषाध्यक्षमा नारायण प्रसाद सापकोटा , सह कोषाध्यक्षमा चन्द्रकला भण्डारी सँगै सदस्यहरूमा हुमकला गौतम , रबिन्द्र साठिघरे, कलादेवी दाहाल, तारादेबि सापकोटा , टिकाराम देवकोटा , गुन बहादुर श्रेष्ठ , हेमनाथ तिवारी , रुक्माङ्गत घिमिरे र कलादेवी दाहाल लगायतका गरि १५ जना चयन भएका छन्।
बाँकी ४ जना अध्यक्षबाट छिट्टै मनोनित गरिनेछ। संघका केन्द्रिय समितिका अध्यक्ष कोष बहादुर जिसीको प्रमुख आतिथ्यता सँगै जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम बिक , जिल्लाका पालिकाका प्रमुख तथा अध्यक्षहरू , सबै शिक्षा शाखा प्रमुखहरू , विभिन्न विद्यालयका प्रधानाध्यापकहरू , संघका कार्यसमितिका सदस्यहरू , शैक्षिक व्यक्तित्व र अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूले आफ्नो कार्यकालमा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दै शैक्षिक विकास र शैक्षिक उन्नयनको निम्ति अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरेका थिए।